आर्मेनिया र अजरबैजानबीच युद्ध सुरु, रुसको आपत्ति

काठमाडौं। आर्मेनिया र अजरबैजानबीच विवादित क्षेत्र नागोर्नो–कारबाखलाई लिएर एक पल्ट फेरि युद्ध छेडिएको छ। अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरूले ३ अगस्टमा अजरबैजानले कारबाखमा बम प्रहार गरेको बताएका छन्। यो घटनामा ३ सेनाको निधन भएको छ। 

आर्मेनियाले यो क्षेत्रको केही भागलाई अजरबैजानले कब्जामा लिएको बताएको छ। रुसले अजरबैजानको यो कार्यप्रति गम्भीर आपत्ति जनाउँदै सिजफायर तोडेको आरोप लगाएको छ। 

तर, अजरबैजानले यी सबै आरोपको खण्डन गरेको छ। सेनाले भनेको छ, आर्मेनियाले पहिले हमला गरेको थियो। हाम्रो जवानलाई मार्ने काम गर्यो। हामीले जवाफी कार्यवाही मात्र गरेका हौं। 

Nagorno-Karabakh_conflict

सन् २०२० को नोभेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्मेनिया–अजरबैजानबीच शान्ति सम्झौंता गराएको थियो। २०२० मा दुवै देशबीच करिब ६ महिना रक्तपातपूर्ण संघर्ष भएको थियो। यतिबेला ६ हजार ५ सय भन्दा बढी मानिसको ज्यान गएको थियो। 
नगोर्नो–कारबाख क्षेत्र विगत २० वर्षदेखि दुई देशबीच झगडाको कारण बनेको छ। कुनै पनि देशले यसलाई स्वतन्त्र देशको मान्यता दिएको छैन। सन् १९८८ मा दुवै युरेसियन देशले नागोर्नो–कारबाख क्षेत्रमा कब्जा जमाउन खोजेका थिए। 

यो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानमा पर्छ। तर, सन् १९९४ मा आर्मेनियाको जातीय समूहले कब्जा जमाएको थियो। यो क्षेत्रले दक्षिण कोकेससमा इरान, रुस र टर्की सीमालाई छुने गर्छ। त्यसैले यसको सामरिक महत्व छ। 
 

प्रतिक्रिया