ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरियातर्फ

काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानको भ्रमण पुरा गर्दै बुधबार दक्षिण कोरिया लागेकी छिन्। चीनको कडा आपत्तिका बाबजुद उनी मंगलबार ताइवान पुगेकी थिइन। 

उनले बुधबार ताइवानको संसदलाई सम्बोधन गरिन्। उनले राष्ट्रपति साइ इङ वेनसँग पनि भेट गरेकी थिइन। भेटका क्रममा उनले सुरक्षासँग जोडिएको मुद्धामा अमेरिका सधै ताइवानको साथमा रहेको बताइन। उनले ताइवानसँगको मित्रताप्रति अमेरिकालाई गर्व भएको बताउन चुकिनन्। उनले भनिन्, ‘अमेरिकाले ४३ वर्षअघि ताइवानसँग उभिने जुन निर्णय गरेको थियो, त्यसमा अझै हामी अडिक छौं।’

पेलोसीको भ्रमणले क्षेत्रीय सम्बन्धमा असर परेको चीनले बताएको छ। उत्तर कोरियाले पनि पेलोसीको भ्रमणप्रति आपत्ति जनाएको छ। 
 

प्रतिक्रिया