२४ आधुनिक फाइटर जेटको सुरक्षा घेराबीच ताइवान पुगिन् पेलोसी

काठमाडौं। अमेरिकी संसद हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी २४ आधुनिक फाइटर जेटको सुरक्षा घेराका बीच मंगलबार ताइवान पुगेकी छिन्। चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले गत सोमबार प्रकासित गरेको समाचारमा पेलोसी ताइवानको भ्रमणमा निस्किएको खण्डमा उनको विमानलाई चीनले उडाउने उल्लेख थियो। 

चीनको धम्कीका बीच अमेरिकी नेवी र एयरफोर्सले पेलोसीलाई कडा सुरक्षा दिएको हो। चीनले पेलोसीको भ्रमणअघि ताइवान सीमा नजिक मिलिट्री ड्रिल गरेको थियो। अमेरिका, ताइवान र चीन तीन वटै देशले आफ्नो सेनालाई कम्बेट रेडी (युद्धको लागि तयारी) अवस्थामा राखेको थियो। मंगलबार साँझसम्म तीन वटै देशले सेनालाई उच्च सतर्कमा बस्न आदेश दिएको थियो।  
 

प्रतिक्रिया