शिवसेना नेता राउत पक्राउ

मुम्बई। शिवसेनाका प्रभावशाली नेता सञ्जय राउतलाई राजश्व अनुसन्धान आयोगले ९ घण्टा सोधपुछ गर्दै पक्राउ गरेको छ। भान्डुपास्थित उनको घरमा गएर बिहान राजश्वको टोलीले पक्राउ गरेको हो। 

राउतलाई महाराष्ट्रमा १०३४ करोड पात्रा चोल जमीन घोटालामा पक्राउ गरिएको हो। राउतसँग २७ जुलाईमा बयानका लागि राजश्वले पत्र काटेको थियो तर उनी उपस्थित भएनन्। 

राजश्वले राउतको दादरस्थित फ्लाट पनि सील गरेको छ। उनले त्यो फ्लाट जमीन घोटालाबाट कमाएको पैसाले खरिद गरेको आरोप छ। राउत शिव सेनाका नेता तथा पूर्व मुख्यमन्त्री उद्दव ठाकरेको नजिक मानिन्छन्।  

प्रतिक्रिया