अमेरिकामा बढ्यो मन्दिर 

काठमाडौं। अमेरिकामा हिन्दु मन्दिरको निर्माणमा तिब्रता आएको छ। हिन्दुहरूको बढ्दो जनसंख्याका कारण मन्दिर निर्माणमा तिब्रता आएको स्थानीय पत्रपत्रिकाले बताएका छन्। 

यतिबेला अमेरिकाको मुख्य शहर मानिने लस एजञ्लसदेखि न्युयोर्क भजन–कीर्तनको स्वरले गुञ्जिने गरेको छ। हिन्दु देवीदेउताको प्रतिनिधित्व गर्ने मन्दिर अमेरिकाको हरेक राज्यमा फैलिरहेको छ। 

एक अध्ययन अनुसार सन् २००६ सम्म अमेरिकामा ५३ वटा हिन्दु मन्दिर थिए। सन् २०१७ मा यो संख्या बढेर २ सय ५० पुगेको थियो। सन् २०२२ सम्म आइपुग्दा अझ बढेर ७ सय ५० पुगेको छ। तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा मन्दिर निर्माण कार्य २ सय प्रतिशतले बढेको छ। 

स्वामी विवेकानन्दले अमेरिकाको शिकागोमा आयोजना भएको विश्व धर्म सम्मेलनमा ११ सेप्टेम्बर सन् १८९३ मा चर्चित भाषण गरेका थिए। त्यसपछि पश्चिमी देशहरूको हिन्दु धर्मप्रति झुकाव बढेको थियो। सन् १९०५ मा वेदान्त सोसाइटीले अमेरिकाको सन् फ्रान्सिस्कोमा पहिलो मन्दिरको निर्माण गरेको थियो। 
 

प्रतिक्रिया