सोनिया गान्धीमाथि लगातार दोस्रो दिन अनुसन्धान 

काठमाडौं। राजश्व अनुसन्धान विभागले भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई नेशनल हेराल्ड पत्रिकामा भएको घोटालामा बुधबार दोस्रो दिन पनि अनुसन्धान गरिरहेको छ। सोनियासँग आजसमेत तेस्रो पल्ट सोधपुछ भएको हो। पहिलो पल्ट उनी बयानका लागि २१ जुलाईमा राजश्व अनुसन्धान विभाग पुगेकी थिइन। उनीसँग ३ घण्टा बयान लिइएको थियो। 

पाँच दिनपछि मंगलबार दोस्रो पल्ट ६ घण्टा बयान लिने क्रममा नेशनल हेराल्ड पत्रिकाको सम्पत्तिमाथिको अधिकारलाई लिएर उनीसँग ७५ वटा प्रश्न गरिएको भारतीय अखबारहरूको दावी छ। 

मंगलबार उनीँग कम्पनीको आम्दानी र खर्चको विषयमा प्रश्न गर्दा उनले कंग्रेस, एसोसिएट जर्नल र यङ इन्डियासँग जोडिकाको सम्पूर्ण हिसाबकिताब पूर्व कोषाध्यक्ष मोतीलाल वोराले हेर्ने गरेको जवाफ दिएकी थिइन।

आज पनि उनलाई छोरी प्रियंका गान्धीले राजश्व अनुसन्धानको कार्यालयसम्म पुरयाएकी थिइन। कंग्रेस पार्टीले आफ्नो नेतामाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर पार्टी कार्यालयमा बैठक बोलाएको छ। 

आमालाई लगातार सोधपुछमा बोलाएपछि छोरा राहुल गान्धी मंगलबार धर्नामा बसेका थिए। उनलाई सुरक्षाकर्मीले केही समयका लागि हिरासतमा लिएका थिए। यतिबेला ५० कंग्रेसी सांसदहरू पक्राउ परेका थिए। 

नेशनल हेराल्डको मुद्धा सबैभन्दा पहिले भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले सन् २०१२ मा उठाएका थिए। सन् २०१४ को अगस्टमा राजश्वले यसलाई महत्व दिँदै मनि लाउन्ड्रिङमा मुद्धा दायर गरेको थियो। यो मुद्धामा सोनिया गान्धी, राहुल गान्धी, मोतीलाल वोरा, ओस्कर फर्नान्डेज, सैम पित्रोदा र सुमन दुबेको नाम छ। 
 

प्रतिक्रिया