म्यानमारमा लोकतन्त्रवादी नेतालाई फाँसी

काठमाडौं। म्यानमारको सैन्य जुन्ता सरकारले चार लोकतन्त्र समर्थक नेताहरूलाई फाँसीमा झुन्ड्याएको छ। सेनाले उनीहरू माथि आतंकवादी गतिविधिमा समावेश भएको आरोप लगाएको थियो। फाँसीमा झुन्ड्याइएका मध्ये लोेकतान्त्रिक नेता जिम्मी र आङ सान सुची सरकारका पूर्व सांसद फ्यो जेया थो छन्। 

म्यानमारमा पाँच दशकमा पहिलो पल्ट कसैलाई फाँसीमा लड्काइएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार यिनीहरूलाई गत जनवरीमा फाँसीको सजाय सुनाइएको थियो। राष्ट्रिय एकता सरकारको मानवअधिकार मन्त्री आङ मायो मिनले लोकतन्त्र समर्थकमाथि गरिएको कार्यवाहीको आलोचना गरेका छन्। उनले फाँसीको सजाय मार्फत जनतालाई तर्साउन खोजेको बताएका छन्। फाँसीमा झुन्ड्याइएको पूर्व सांसद फ्यो जेया थो, माउङ क्वानको नामले पनि चिनिन्थे। उनको श्रीमती थाजिन न्युन्त ओङले आफ्नो श्रीमानलाई फाँसी दिने विषयमा आफूलाई सूचना उपलब्ध नगराएको बताइन्।  

जुन्ता सरकारले गत डिसेम्बरमा नोबल पुरस्कार विजेता सुचीलाई ४ वर्षको जेल सजाय सुनाएको थियो। सेनाले १ जनवरी २०२१ मा लोकतान्त्रिक व्यवस्था हटाएर सैन्य शाषन सुरु गरेको थियो। सेनाले २०२३ मा चुनाव गराउने दावी गरेको छ। सैन्य शाषन सुरु भएयता म्यानमारमा ९ सय ४० जनाको ज्यान गइसकेको छ।  

प्रतिक्रिया