सय करोडमा मन्त्री बनाउने दावी गर्ने गिरोह पक्राउ

काठमाडौं। सय करोड रुपैयाँमा राज्य सभाको सिट सुनिश्चित गराउनेदेखि गर्भनरसम्म बनाउने दावी गदै हिँडेका विचौलियाको समूहलाई भारतको अनुसन्धान विभाग (सीबीआई) ले पक्राउ गरेको छ। पैसाको लेनदेनभन्दा ठिक अगाडि सीबीआईले ४ जनालाई पक्राउ गरेको हो। यिनीहरूमार्फत गिरोहको अन्य सदस्यको खोजी कार्य पनि जारी छ। सीबीआईले यिनीहरूलाई फोन ट्यापिङमार्र्फत पक्राउ गरेको हो। गत सातादेखि सीबीआईले यिनीहरूको कुराकानी फोन इन्टरसेप्टरमार्फत सुन्दै आएका थिए।

डिल फाइनल हुन लागेको बेला सीबीआईको टिमले यिनीहरूलाई पक्राउ गरेको थियो। 

पक्राउ परेका ४ आरोपीमध्ये एक जना कमलाकर प्रेमकुमार बान्दगर महाराष्ट्र निवासी हुन्। अर्का कर्नाटकका रवीन्द्र विट्ठल नाइक, दिल्लीका महेन्द्र पाल अरोडा र अभिषेक बुरा छन्। गत साता महाराष्ट्रका सांसदलाई मन्त्री बनाउने अफर आएपछि सीबीआई लगातार अनुसन्धानमा भिडेको थियो। भारतीय जनता पार्टीका सांसदसँग मन्त्री बनाइदिने सर्तमा सय करोड माग गरिएको थियो। उनलाई एकनाथ शिन्दे मन्त्रीमण्डलमा मन्त्री बनाउने आश्वासन आएको थियो। तर, सांसदको उजुरीको आधारमा प्रहरी सक्रिय बन्यो। 

पक्राउ परेका चार जना आरोपी मुम्बईमा बसोबास गर्दै आइरहेका छन्। उनीहरूले सरकारी जागिर लगाइदिने आश्वासन पनि दिँदै आएका थिए। 

प्रतिक्रिया