स्पेनले दियो आफ्नो नागरिकलाई निःशुल्क रेल सुविधा

मड्रिड। स्पेनले आउँदो सेप्टेम्बरदेखि आफ्नो देशको नागरिकलाई निःशुल्क ट्रेनको यात्रा गराउने भएको छ। विश्वका अधिकांश देशहरू आफ्नो नागरिकलाई महंगीबाट राहत दिन असफल भइरहेको बेला स्पेनले यस्तो योजना सार्वजनिक गरेको हो। 

स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले यसको घोषणा गर्दै भनेका छन्, ‘राष्ट्रिय रेल अपरेटर रेनफेबाट ३ सय किलोमिटरभन्दा कम दुरी यात्रालाई कभर गर्ने सबै कम्प्युटर रेल सर्कानियास र रोडलीज र रिजनल लाइन्समा १ सेप्टेम्बरदेखि ३१ डिसेम्बरसम्म निःशुल्क यात्रा गर्न सकिने छ।’ यसमा एकल यात्रा र लामो दुरीको यात्रा समावेश गरिएको छैन। 

स्पेनको रेलमा सतप्रतिशत छुट मल्टी–जर्नी टिकटमा मात्र उपलब्ध हुनेछ। लामो दुरीको यात्रा र दोस्रो कम्पनीको ट्राभल सर्भिसमा यो छुट हुने छैन। 

स्पेनको यातायात मन्त्रालयले नयाँ योजनामार्फत तेलको बचत हुने बताएको छ। खर्च बढ्दै गएको अवस्थामा मानिसहरूलाई अफिस वा अन्य काममा जाँदा पब्लिक ट्रान्सपोर्टको प्रयोग गर्ने बानी बस्ने छ। 

स्पेन मात्र होइन, युरोपको अन्य देशले पनि यस्तो योजना अगाडि सारेका छन्। गत वर्ष जर्मनीमा करिब १० डलरको अनलिमिटेड मासिक ट्राभल टिकट सार्वजनिक गरिएको थियो, जसको प्रयोग देशभरिको स्थानीय यातायातमा भयो। सरकारको उर्जा बचत अभियानअन्तर्गत यस्तो योजना अगाडि सारिएको समाचार एजेन्सीहरूले बताएका छन्। 

यस्तो योजना सबैभन्दा पहिले अस्ट्रियाले सन् २०२१ मा सार्वजनिक गरेको थियो। उसले ‘जलवायु टिकट’ को नाममा सार्वजनिक गरेको योजना निकै लोकप्रिय बनेको थियो। 
 

प्रतिक्रिया