मक्का शहरमा इजरायली पत्रकार प्रवेशपछि बबाल

काठमाडौं। इजरायलका एक पत्रकार १८ जुलाईमा मुसलमानहरूको पवित्र तीर्थस्थल मक्का शहरमा प्रवेश गरेपछि विवाद चुलिएको छ। इजरायलको च्यानल १३ मा कार्यरत पत्रकार गिल तमारीले हालै आफ्नो सोसल मिडियामा मक्काको भिडियो सार्वजनिक गरेपछि विवाद चुलिएको हो। 

उनलाई मक्का शहरमा प्रवेश दिलाउने साउदी अरबका एक नागरिकलाई सरकारले पक्राउ गरेको छ। गिलको सोसल मिडियामा मक्काको भिडियो सार्वजनिक भएसँगै मुस्लिम समूदाय आक्रोसित भएका छन्। उनीहरूले यो मुद्धामा कार्यवाहीको माग गरेका छन्। साउदी प्रहरी प्रवक्ताले गैर मुस्लिम पत्रकारलाई शहरमा प्रवेश गराउन सहयोग गर्ने एक नागरिकलाई पक्राउ गरिएको पुष्टी गरेका छन्। उनलाई कडा कार्यवाही हुने पनि बताइएको छ। 

पत्रकार गिलले १० मिनेटको भिडियो बनाएका छन्। उनले आफू माउन्ट अराफतमा भएको भिडियो पनि सार्वजनिक गरेका छन्। यो ठाउँमा मुस्लिम तीर्थयात्री हज यात्राको बेला प्रार्थना गर्न भिड लाग्ने गर्छ। गिलले कसैलाई आफू इजरायली भएको थाहा नहोस् भनेर भिडियोमा हिब्रु र अंग्रेजी भाषा बोलेका छन्। तर, उनले भनेका छन्, ‘मलाई थाहा छ, मैले जे गरिरहेको छु, त्यो गैरकानुनी हो। म एक पल्ट यो ठाउँ हेर्न चाहन्थे, जुन हाम्रो मुस्लिम भाईबहिनीका लागि महत्व राख्छ।’ 

मुस्लिमका लागि मक्का महत्वपूर्ण शहर हो। यो शहरमा गैर मुस्लिमलाई प्रवेश निषेध छ। गैर मुस्लिम मक्का शहर भएर यात्रा पनि गर्न पाउँदैनन्। 


 

प्रतिक्रिया