रुस–युक्रेनबीच खाध्य संकट समाधानका लागि टर्कीमा सम्झौंता

काठमाडौं। खाध्य संकटलाई कम गर्ने विषयमा युद्धरत दुई देश रुस र युक्रेनबीच सम्झौंता भएको छ। टर्की र संयुक्त राष्ट्र संघको पहलमा यी दुई देश खाध्य सम्झौंता भएपछि विश्वमा देखिएको खाध्य संकटको सम्बोधन हुने आशा गरिएको छ। सम्झौंतापछि ‘ब्ल्याक सी’ को बाटो हुँदै खाधान्न निर्यात पुनः सुरु हुँदैछ। 

टर्कीका राष्ट्रपति तैयप अर्दोगनका प्रवक्ता इब्राहिम कालिनीले ट्वीटमार्फत जानकारी दिए, ‘खाधान्न निर्यात सम्झौंता विश्व खाध्य सुरक्षाका लागि महत्वपूर्ण हुनेछ। इस्तानाबुलमा यस विषयमा हस्ताक्षर भएको छ। सम्झौंताको क्षण युएन महासचिव एन्टोनियो गुटेरेस, युक्रेन र रुसको प्रतिनिधिमण्डलसँगै राष्ट्रपति अर्दोगनको पनि उपस्थिति थियो।’

रुस र युक्रेनबीच २४ फेब्रुअरीमा सुुरु भएको युद्धका कारण विश्वमा खाध्य संकट चुलिएको थियो। 

सम्झौंताको महत्वपूर्ण कुरा ‘ब्ल्याक सी’ मा रोकिएको खाधान्नको जहाजले अब बिना रोकटोक त्यहाँबाट बाहिरिन सक्ने छन्। यस्तै, रुसी सेनाले युक्रेनको बन्दरगाहमा हमला गर्ने छैनन्। टर्की र युएनको जहाजले निरीक्षण गर्नेछन्। यसमा रुसी हतियार युक्रेनमा प्रवेश नगर्ने सुनिश्चितता गरिने छ। 

युद्धका कारण युक्रेनमा अहिले खाधान्न र तेलको निर्यात बन्दको अवस्थामा छ। युएन महासचिव गुटेरेसले यस विषयमा चेतावनी दिएका थिए कि, युद्ध लम्बिएको खण्डमा रुस र युक्रेनबाट खाधान्नको निर्यात कम हुँदा विश्वका करौडौं मानिस गरिबीको दृश्चक्रमा फस्ने छन्। राजनीतिक अशान्ती बढ्ने र बालबालिकाको शारीरिक बृद्धि प्रभावित हुने र मुखमरी फैलिने छ।

युद्धका कारण रुस र युक्रेनबाट हुने खाधान्न निर्यातमा असर परेको थियो। युक्रेनले रुसको हमला रोक्न समुन्द्रमा बारुदी सुरुङ बनाएको थियो। रुसले पनि ‘ब्ल्याक सी’ नजिकै रहेको बन्दरगाह शहर ओडेसीमा नाकाबन्दी गरेको थियो। यहाँबाट युक्रेनको सामान ढुवानी हुन्छ। रुस नाइट्रोजन, पोटास र फास्फेटमा आधारित खाध्य सामानको मुख्य निर्यातक हो। रुसमाथि लागेको प्रतिबन्धका कारण विश्व निर्यातमा असर परेको थियो। 


 

प्रतिक्रिया