राजश्व अनुसन्धानले लियो सोनिया गान्धीसँग ३ घण्टा बयान

दिल्ली। नेशनल हेराल्ड पत्रिकाको मुद्धामा भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई राजश्व अनुसन्धान आयोगले बिहीबार ३ घण्टा सोधपुछ गरेको छ। उनलाई पुनः सोधपुछका लागि २५ जुलाईमा बोलाइएको छ। 

बिहीबार सोनियालाई जुन प्रश्न सोधिएको थियो, त्यही प्रश्न राजश्व अनुसन्धानले उनका छोरा राहुल गान्धीसँग पनि गरेको थियो। 

तर, कंग्रेस पार्टीका महासचिव जयराम रमेशले राजश्व अनुसन्धान अधिकृतहरूले आफ्नो अध्यक्षलाई कुनै प्रश्न नगरेको र छिट्टै फर्किन निवेदन गर्दा पनि उनी सबै प्रश्नको उत्तर दिन्छु भनेर बसेको दावी गरे। ‘उहाँले राती ८–९ बजेसम्म बस्न तयार भएको जानकारी दिनुभएको थियो,’ रमेशले दावी गरेका छन्। 

भारतीय अखबारका अनुसार सोनियालाई महिला अधिकृत मोनिका शर्माले बयान लिएकी थिइन। उनी उप–निर्देशक पदमा कार्यरत छिन्। कंग्रेसले सोनियालाई बयानका लागि राजश्व अनुसन्धानले बोलाएकोमा दिनभरी प्रदर्शन गर्यो। देशको विभिन्न ठाउँमा भएको प्रदर्शनमा ७५ कंग्रेसी सांसद पक्राउ परेको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा मल्लिकार्जुन खड्गे, शशि थरुर, अजय माकन, पी चिदम्बरम, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र राज्यका उपमुख्यमन्त्री सचिन पाइलटलगायत थिए। 
 

प्रतिक्रिया