सोनिया गान्धी राजश्व अनुसन्धानमा बयान दिँदै

दिल्ली। भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी नेशनल हेराल्ड पत्रिकाको मुद्धामा राजश्व अनुसन्धान विभागसमक्ष पेश भएकी छिन्। उनलाई राजश्व अनुसन्धानले तीन पल्ट पत्र काटेको थियो। तर, कोरोनालगायत कमजोर स्वास्थ्यका कारण उनी यसअघि कार्यालयमा उपस्थित हुन सकेकी थिइनन्। 

बिहीबार छोरी प्रियंका गान्धीसँगै उनी राजश्व अनुसन्धान आयोगको कार्यालय पुगेको भारतीय अखबारले जनाएको छ। उनीसमक्ष ५० वटा प्रश्नमा सोधपुछ हुनेछ। कंग्रेस कार्याकर्ताले बिहानदेखि यसविरूद्ध प्रदर्शन गरिरहेका छन्।

इन्डिया टुडे पत्रिकाका अनुसार सोधपुछका क्रममा सोनियाको स्वास्थ अवस्था बिग्रिएकोे खण्डमा उनलाई घर फर्किने स्विकृति प्रदान गर्ने राजश्वका निर्देशकले बताएका छन्। उनको लागि स्वास्थ्यकर्मीलाई अर्को कोठामा राखिएको छ। त्यहाँ छोरी प्रियंका पनि हुनेछिन्। सोधपुछको क्रममा सोनियाको वकिललाई कोठामा बस्ने अनुमति हुने छैन। सोनियालाई बयानको लागि बोलाइएकोमा शशी थरुरले भनेका छन्,अन्याय भइरहेको छ, थप अन्यायको राजनीति हुनुु हुदैन। 

यसअघि राजश्वले ८ जुन, ११ जुन र २३ जुनमा बयानका लागि सोनियालाई पत्र काटेको थियो। सोनियाका छोरा तथा कंग्रेस नेता राहुल गान्धीलाई पनि राजश्वले यही मुद्धामा ४० घण्टा बयान लिइसकेको छ। 
 

प्रतिक्रिया