श्रीलंकामा आज राष्ट्रपतीय चुनाव, अल्हाप्पेरुमा बलियो स्थितिमा

कोलम्बो। श्रीलंकामा जारी गतिरोध अन्त्यका लागि बुधबार (आज) राष्ट्रपतिको चुनाव हुँदैछ। चुनावअघि विपक्षी नेता साजिथ प्रेमदासाले आफ्नो नाम फिर्ता लिइसकेको अवस्थामा राष्ट्रपति पदका लागि त्रिपक्षीय भिडन्त हुनेछ। प्रेमदासाले ६३ वर्षीय दुल्लास अल्हाप्पेरुमालाई समर्थन गरेका छन्। अल्हाप्पेरुमा कट्टर सिंहली बौद्ध राष्ट्रवादी तथा श्रीलंका पोदुजाना पेरामुना पार्टीका सदस्य हुन्। उनले सत्ता बनाउन प्रेमदासालाई सहयोग गरेका छन्।  

राष्ट्रपति पदका लागि उनीबाहेक ७३ वर्षीय रानिल विक्रमसिंघे र ५३ वर्षीय अनुरा कुमारा दिसानायके पनि मैदानमा उत्रिएका छन्। दिसानायके बामपन्थी जनता विमुक्ति पेरामुनाका सदस्य हुन्। सांसदको गोप्य मतदानबाट चुनिने नयाँ राष्ट्रपतिको कार्यकाल सन् २०२४ को नोभेम्बरसम्म हुनेछ।

चुनावका लागि संसद भवन पुगेका विपक्षी नेता साजिथ प्रेमदासाले ट्वीट गर्दै भनेका छन्, ‘हामी भ्रष्टाचार विरोधी, सबैका लागि समृद्धि, विश्वसनीयर पारदर्शी सरकारको समर्थन गर्छौ।’

श्रीलंकाको विपक्षी पार्टी पोदुजाना पेरामुना पार्टीका सांसद अल्हाप्पेरुमाले राष्ट्रपति पदका लागि चुनाव जिते साजिथ प्रेमदासा प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ। पार्टी महासचिव रञ्जीत मद्दुमा बण्डाराले यही सम्झौंता अन्तर्गत आफ्नो पार्टीले अल्हाप्पेरुमालाई समर्थन गरेको बताएका छन्। २ सय २५ संसद रहेको श्रीलंकाले राष्ट्रपतिमा अल्हाप्पेरुमाले जित्ने सम्भावना प्रबल छ। 

सभामुख महिन्द्रा यापा अभयवर्धनेको असन्तुष्टीपछि मंगलबारदेखि श्रीलंकाली संसद परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। 


 

प्रतिक्रिया