कोरोना र मंकीपक्सपछि ‘मारबर्ग’ भाइरसको प्रकोप, डब्ल्युएचओको चिन्ता

घाना। कोरोना महामारी र मंकीपक्स जस्ता भाइरसले विश्व आक्रान्त भएको बेला अर्को भाइरसले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को ध्यान आकृष्ट गरेको छ। 

डब्ल्युएचओ हालै सार्वजनिक गरेको रिपोटमा पश्चिम अफ्रिकी देश घानामा यसै साता मारबर्ग भाइरसको प्रकोप अत्याधिक फेला परेको बताइएको छ। 

घानाको दक्षिणी क्षेत्र अशन्तीमा मारबर्ग भाइरसका कारण दुइ जनाको निधन डब्ल्यूएचओले आइतबार खुलासा गरेको हो। घानाको स्वास्थ्य सेवाको प्रयोगशालामा मारबर्ग भाइरस पुष्टी भएपछि डब्ल्युएचओले चिन्ता व्यक्त गरेको छ।  

इबोला जस्तै मारबर्ग पनि अत्यधिक संक्रामक रोग मानिन्छ। यसको कुनै खोप छैन।

घानाका स्वास्थ्य अधिकारीहरू भन्छन्, ‘हामीहरु घनिष्ठ सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरिरहेका छौं। भाइरसको फैलावटलाई कम गर्न कसरी सकिन्छ भन्ने कुरामा चिन्तित छौं।’

मारबर्गको पुष्टीसँगै डब्ल्यूएचओले गम्भीर चासो राखेको छ भने घानामा विशेषज्ञ पठाउने तयारी गरिरहेको छ। 

‘स्वास्थ्य अधिकारीले सम्भावित प्रकोप रोकथामका लागि तयारी सुरु गर्दै हामीलाई जानकारी गराएका छन्। सरकारको तयारी चित्तबुझ्दो छ। तत्काल र निर्णायक कारबाही गर्न सकिएन भने मारबर्ग नियन्त्रण गर्न गाह्रो पर्नेछ,’ अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने।

डब्लुएचओका अनुसार यस रोगबाट मृत्यु हुने दर झन्डै ९० प्रतिशत पुग्न सक्छ।

marburgvirus1

के हो मारबर्ग भाइरस?

मारबर्ग एक दुर्लभ तर अत्यधिक संक्रामक भाइरल हेमोरेजिक ज्वरो हो। पश्चिम अफ्रिकालाई वर्षौंदेखि पीडित बनाएको इबोला जस्तै यो संक्रामक भाइरस हो। 

रोग नियन्त्रण र रोगथाम केन्द्रका अनुसार मारबर्ग भाइरस ‘फिलोभाइरस परिवार अन्तर्गत आरएनए भाइरसको  जेनेटिकली युनिक जुनोटिक’ हो। इबोला भाइरसका ६ प्रजाति मात्र फिलोभाइरस परिवारका अन्य ज्ञात सदस्य हुन्।

डब्लुएचओका अनुसार यसको मृत्यु दर द्दद्ध देखि डड प्रतिशतसम्म छ, जुन भाइरसको अवस्था र व्यवस्थापनले निर्धारण गर्दछ।

मारबर्ग भाइरस अफ्रिकी फल चमेरोबाट मानिसमा सरेको आशंका गरिएको छ। खानी र गुफामा काम गर्ने मानिस नियमित फल चमेराको संसर्गमा रहँदा भाइरस सर्न सकेको अनुमान लगाइएको छ। यो हावाबाट सर्ने रोग होइन।

एक पटक कोही व्यक्ति संक्रमित भएपछि संक्रमित व्यक्तिको रगत, लार वा पिसाब जस्ता शरीरको तरल पदार्थ र उसले प्रयोग गर्ने सामग्रीको प्रत्यक्ष सम्पर्कबाट अन्य मानिसमा सजिलै फैलिन सक्छ। आफन्त र स्वास्थ्यकर्मी संक्रमितको उच्च जोखिममा पर्ने गर्छन्। शव गाड्दा पनि संक्रमण रहने सम्भावना उच्च हुन्छ। 

भाइरसको पहिलो घटना सन् १९६७ मा युरोपमा पहिचान गरिएको थियो। जर्मनीको मारबर्ग र फ्याङ्कफर्ट र बेलग्रेड, सर्बियामा दुइ ठूला प्रकोपले रोगको प्रारम्भिक पहिचान गरेको थियो। त्यतिबेला कम्तिमा ७ जनाको मृत्यु भएको छ। पहिलो संक्रमित व्यक्ति युगान्डाबाट आएका व्यक्ति थिए। उनी अफ्रिकी हरियो बाँदर वा प्रयोगशालामा अनुसन्धानको क्रममा तिनीहरूको तन्तुको सम्पर्कमा आएको आशंका गरिएको थियो।  

कहाँ पत्ता लाग्यो मारबर्ग?

घानामा फेला परेको मारबर्ग संक्रमणको मुद्धा पश्चिम अफ्रिकामा दोस्रो हो। गत वर्ष गिनीमा पनि यस्तै रिपोर्ट सार्वजनिक भएका थिए। घानामा संक्रमितको सम्पर्कमा रहेका ९० भन्दा बढी व्यक्तिलाई निगरानीमा राखिएको छ। यसमा स्वास्थ्यकर्मी र सामुदायिक सदस्यसमेत रहेका छन्। 

डब्ल्यूएचओले घानाका छिमेकी देश तथा उच्च जोखिममा रहेका देशलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। 
युगान्डा, कंगो, केन्या, दक्षिण अफ्रिका र जिम्बाब्वे लगायत अफ्रिकाका अन्य देशमा पनि मारबर्ग भाइरस यसअघि नै फेला परिसकेको छ। मारबर्गका कारण सबैभन्दा धेरै सन् २००५ मा अंगोलामा २ सय बढी व्यक्तिको मृत्यु भएको थियो।

यो भाइरस उत्तरी अमेरिका जस्ता अन्य महाद्वीको मूल निवासी हो भनेर पत्ता लागेको छैन। तर, सन् २००८ मा   युगान्डा भ्रमणबाट फर्किएकी एक डच महिलाको मारबर्ग संक्रमणका कारण निधन भएको थियो। एक अमेरिकी पर्यटकलाई पनि सन् २००८ मा युगान्डाको यात्रापछि यो रोग लागेको थियो तर उनी निको भए। दुवै पर्यटकले फलफूल चमेरोले बसोबास गर्ने राष्ट्रिय निकुञ्जको प्रख्यात गुफाको अवंलोकन गरेका थिए। 

marburgvirus2के–के हुन् लक्षणहरू?
 

डब्ल्यूएचओका अनुसार उच्च ज्वरो, गम्भीर टाउको दुखाइ र अस्वस्थताको साथ यो रोग ֯अचानक’ सुरु हुन्छ। यसको सामान्य लक्षण मांसपेशी दुखाइ र क्र्याम्पिङ दुखाइ पनि हो। 

घानामा हालै ज्यान गुमाएका दुई संक्रमितमा पखाला लाग्ने, ज्वरो आउने, वाकवाकी लाग्ने र बान्ता जस्ता लक्षण अनुभव गरिएको थियो। 

मृतक एक युवाको उमेर २६ वर्ष थियो, जो २६ जुनमा अस्पताल भर्ना भए। अर्को दिन उनको मृत्यु भयो। मृतक अर्को संक्रमितको उमेर छज्ञ वर्ष थियो। उनी २८ जुनमा अस्पताल भर्ना भए र सोही दिन उनको निधन भयो। 

डब्ल्युएचओका अनुसार घातक अवस्थाबाहेक यो भाइरसको संक्रमण भएको मानिसको निधन ८–९ दिनको बीचमा हुने गर्छ। रगतको गम्भीर कमी र रक्तस्राव तथा बहु(अङ्गले काम गर्न छोडेपछि मृत्यु हुने गर्छ। 

मारबर्गको उपचार सम्भव छ?

मारबर्ग भाइरसको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन तयार भएको छैन। यसको ठोस उपचार पद्धती छैन। 
तर राम्रो हेरचाह, शरीरलाई आवश्यक तरल पदार्थको साथै रिहाइड्रेसन, अक्सिजनको स्तर कायम राख्न सकेको खण्डमा यसमा सुधार गर्न सकिन्छ।  

केही स्वास्थ्य विज्ञहरूले इबोलाका लागि प्रयोग हुने औषधिहरू प्रभावकारी हुनसक्ने बताएका छन्। मारबर्गका लागि केही ‘प्रयोगात्मक उपचार’ जनावरहरूमा परीक्षण गरिएको छ तर मानवमा प्रयोग भएको छैन। 

प्रतिक्रिया