खालिस्तानका पूर्व अभियन्ताको क्यानडामा गोली हानि हत्या

काठमाडौं। सन् १९८५ मा एयर इन्डियामा बम प्रहारको आरोपमा पक्राउ परेका शिख नेता रिपुदमन सिंह मलिकको बिहीबार राती क्यानडाको भ्यानकुभरमा गोली हानि हत्या भएको छ। 

प्रत्यक्षदर्शीले उनको घर नजिकबाट तीन वटा गोली चलेको आवाज आएको बताएका छन्। उनको घर बाहिर निधन भएको थियो। रिपुदमनमाथि एयर इन्डियाको कनिष्क विमान हाइज्याक गरेर बम प्रहार गरेको आरोपमा मुद्धा चलेको थियो। तर, उनी यो मुद्धाबाट छुटेका थिए।

उनीमाथि किन गोली प्रहार भयो, यसको प्रमाण फेला परेको छैन। प्रहरीले हमलाकारी कारमा आएको र बीचमा बाइकको सहाराले रिपुदमनको नजिक पुगेको बताएको छ। प्रमाणनस्ट गर्न हमलाकारीले कार जलाएको समाचार एजेन्सीले जनाएका छन्। कार जल्दै गरेको फुटेज प्रहरीले सार्वजनिक गरिसकेको छ। जल्दै गरेको कार हत्या भएको स्थानभन्दा केही अगाडि थियो। 

रिपुदमनको परिवारका अनुसार अफिसबाट घर फर्किने क्रममा उनीमाथि हमला भएको हो। रिपुदमन पहिले खालिस्तानी अभियन्ता थिए। पछि उनी यसको विरोधमा उत्रिएका थिए। यसै वर्ष जनवरीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका थिए। उनी शिख समुदायका लागि मोदीले उठाएको कदमको प्रसंसा गरिरहेका थिए। 

उनको हत्या मोदीको तारिफका कारण भएको आशंका गरिएको छ। रिपुदमन सन् १९७२ मा क्यानडा पुगेका थिए। उनले आफ्नो करिअरको सुरुवात कार ड्राइभरको रुपमा गरेका थिए। पछि उनी सफल ब्यापारी बने। उनी खालसा क्रेडिट युनियनको अध्यक्ष भए, जसको सम्पत्ति अहिले १ सय १० मिलियन डलरभन्दा बढी छ। उनले क्यानडामा सतनाम एजुकेशन सोसाइटीको अध्यक्ष तथा खालास स्कुल सञ्चालन गरिरहेका थिए। उनको स्कुलमा क्यानडाको पाठ्यक्रमबाहेक पञ्जावी भाषा र शिख इतिहास पढाउने गरिन्छ। 

प्रतिक्रिया