'सूर्यमा ग्रहण लागिसक्यो'

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा सूर्य चिन्ह खोज्नैपर्ने दिन आएको बताएका छन् । बुधवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेकोले अब कलमको दिन आएको बताएका हुन् । एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने उनको भनाई थियो ।

उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दाबीसमेत गरे ।उनलेआफ्नो पाटी समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए ।

उनले अबमंसीर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गर्दै जनता माझ पुग्ने अभियान संचालन गर्ने जानकारी दिए । उनले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने बताए ।

प्रतिक्रिया