जापानी पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार 

काठमाडौं। जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार नारा शहरमा चुनावीसभालाई सम्वोधन गरिरहेका बेला भएको गोली प्रहार भएको छ। नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका आबेको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ। छातीमा गोली लागेका उनलाई हृदयाघातसमेत भएको जानकारी अस्पतालले दिएको छ। 

जुन १० मा हुन लागेको हाउस अफ काउन्सिलर्स निर्वाचनको पूर्वसन्ध्यामा आबेमाथि भएको गोली प्रहारको घटनालाई उनीसम्बद्घ लिबरल डेमोक्रेटीक पार्टीले घोर भत्र्सना गरेको छ। 

मन्त्रिपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला पछाडिपट्टि उभिएको व्यक्तिले गोली प्रहार गरेको जनाएका छन्। ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं, अपराधी नउम्कियोस् भनेर राज्यका सबै संयन्त्र परिचालन गरेका छौं,’ उनले क्योदो न्यूज एजेन्सीलाई भनेका छन्।

पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गरेको आरोपमा एकजना ४२ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको छ। आबे पहिलोपटक सन् २००७ देखि २००८ सम्म एक वर्ष र दोस्रोपटक सन् २०१२ देखि सन् २०२० सम्म आठ वर्ष जापानको प्रधानमन्त्री भएका थिए। आफ्नो पदावधि नसकिँदै आबेले स्वास्थ्यको कारण देखाएर सन् २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।   

   
      


    
 

प्रतिक्रिया