कोपनहेगनको मलमा गोली चल्यो, ३ जनाको निधन

काठमाडौं। डेनमार्कको कोपनहेगन शहरस्थित एउटा सपिङ मलमा आइतबार राती अन्धाधुन्ध गोली चल्दा ३ जनाको निधन भएको छ भने ४ घाइते भएका छन्। घाइते मध्ये पनि ३ जनाको अवस्था दयनीय रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। 

न्युज एजेन्सी रोयटर्सका अनुसार यो घटनामा २२ वर्षीय एक डेनिस युवक पक्राउ परेका छन्। प्रहरीले आरोपी युवा मानसिक समस्याबाट पिडित रहेको बताएको छ। 

ज्यान गुमाउने व्यक्तिमा ४७ वर्षीय रुसी नागरिक पनि रहेको बताइएको छ। पहिले यो घटनालाई आतंकवादी हमलाको रुपमा लिइएको थियो। आइतबार छुट्टिको दिन भएका कारण मलमा भिड थियो। मानिसहरू ज्यान बचाउन यताउती भागेका थिए।  
 

प्रतिक्रिया