महाराष्ट्रमा सिन्दे सरकारद्धारा विश्वासको मत प्राप्त

मुम्बई। महाराष्ट्र विधानसभामा सोमबार एकनाथ सिन्देले विश्वासको मत प्राप्त गरेका छन्। २ सय ६६ सांसद उपस्थित विधानसभामा उनले १ सय ६४ मत प्राप्त गरे। विपक्षमा ९९ भोट खसेको थियो। 

विधानसभामा उपस्थित सांसदमध्ये ३ जनाले भाग लिएनन् भने २१ सांसद अनुपस्थित रहे। 

महाराष्ट्र विधानसभामा कूल २ सय ८८ मत रहेको छ। जसमा एक सिट रित्त हुँदा कूल २ सय ८७ मत थियो। जसमा बहुमतका लागि १ सय ४४ सिट आवश्यक थियो। एकनाथ सिन्देले विश्वासको मत प्राप्त गर्दा कांग्रेसका ९ सांसद अनुपस्थित रहे। यस्तै, समाजवादीको २ सांसद पनि अनुपस्थित रहे। 

सिन्देले विधानसभामा बहुमत सिद्ध गरेको केही समयमै एनसीपी अध्यक्ष शरद पवारले ६ महिनामा सरकार गिर्ने दावी गरेका छन्। 


 

प्रतिक्रिया