चन्द्रमामा पानी भएको पुष्टी

काठमाडौं। चिनियाँ वैज्ञानिकले चन्द्रमामा पानी फेला पारेका छन्। चीनको लुनर ल्यान्डर च्याङ इ–५ ले यो तथ्य फेला पारेको हो। चन्द्रमामा फेला परेको पानी पृथ्वीको इनारमा झै एकै ठाउँमा जमेर बसेको अवस्थामा भेटिएको छ। पृथ्वीमा जस्तै त्यहाँ पानीमा कुनै किसिमको बहाव देखिएको छैन। 

चिनियाँ लुनारले पानीको श्रोत पनि पत्ता लागेको बताएको छ। चीनको नेचर कम्युनिकेशन जर्नलमा प्रकासित रिपोर्टमा भनिएको छ– लुनार ल्यान्डर च्याङ इ–५ चीनको यस्तो प्रयोगशाला हो, जसले चन्द्रमामा बसेर त्यहाँ पानीको खोज गरेको छ। 

यसअघि अमेरिकाको एलआरओ र भारतको चन्द्रयान–१ ले पनि चन्द्रमाको चारैतिर घुमेर पानीको खोजी गरेको थियो। च्याङ इ–५ लुनार चन्द्रमाको त्यो क्षेत्रसम्म पुगेको थियो, जहाँ यसअघि कुनै यान पुग्न सकेका थिएनन्। 

 

च्याङ इ–५ बाट प्राप्त सुचना अनुसार चन्द्रमामा पानी हाइड्रोक्सिल ग्रुपको रूपमा रहेको छ। यसको अर्थ हाइड्रोजन र अक्सिजनको एटम एकअर्कामा जोडिएर बसेको अवस्थामा छ। पानीका लागि यो सबैभन्दा सामान्य रसायनिक प्रक्रिया हो।

चिनियाँ वैज्ञानिकले खोजीको क्रममा पानीको थोपा प्राप्त नगरे पनि ढुंगामा रसायनिक मिश्रण फेला पारेका छन्। च्याङ इ–५ लुनार अहिले चन्द्रमाको ओसिएनस प्रोसेलारम अर्थात हावाहुण्डरी आउने क्षेत्रमा छ। 

यो क्षेत्रमा हाइड्रोक्सिलको मात्रा ३० पार्ट्स प्रति मिलियन छ। चिनियाँ एकेडेमी अफ साइन्सेस तथा नेशनल एस्ट्रोनोमिकल अब्जरवेशनका वैज्ञानिक तथा यो रिपोर्टका लेखक ली चुनलाईले भनेका छन्– विश्वमा पहिलो पल्ट हामीले चन्द्रमाबाट ल्याएको स्याम्पलको परीक्षण गर्यौ। साथै चन्द्रमामा भएको च्याङ इ–५ लुनारमा रहेको तथ्यांकको पनि विश्लेषण गर्यौं। दुवैको अध्ययन पछि हामी चन्द्रमामा पानी भएको निस्कर्षमा पुगेका हौं। यसको पुष्टी पनि भइसकेको छ। तर, त्यहाँ पानीको स्वरुप बेग्लै छ। 

frozen-water-on-moon-nasa-6

लीका अनुसार यतिबेला चन्द्रमामा ‘सोलार विन्ड्स (हावा)’ को गति निकै कम छ। अनवरत चलिरहेको ‘सोलार विन्ड्स’ का कारण चन्द्रमामा हाइड्रोक्सिलको निर्माण भएको हुन सक्छ। यो कुरा धेरै अगाडि पत्ता लागेको थियो तर यसको पुष्टी चिनियाँ च्याङ इ–५ लुनार ल्यान्डरले गरेको हो। उसले चन्द्रमामा भएको पानी चन्द्रमाको सतहभन्दा धेरै तल ढुंगामा दबिएर बसेको पत्ता लगाएको छ।  

लीले ढुंगाको अध्ययनपछि चन्द्रमाको उत्पत्ति र यसको रसायनिक मिश्रणको विषयमा जानकारी उपलब्ध गराउने बताए। उनी च्याङ इ–६ र च्याङ इ–७ जस्ता विमानले भविस्यमा यस कुराको थप पुष्टी गर्ने दावी गर्छन।  

यो अध्ययन पुरा भएको खण्डमा चन्द्रमामा मानववस्ती बसाउने वैज्ञानिकको पुरानो सपनालाई थप प्रेरणा मिल्ने छ। 
 

प्रतिक्रिया