आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ। सोमबार सुनुवाइ नसकिएपछि आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा परेको हो ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सोमबार सुरुमा डीआईजीबाट तीन जनालाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा बहस भएको थियो । तर बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो।बढुवाविरुद्ध सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। 

प्रतिक्रिया