रोल्स रोयसले उडायो तिब्र गतिको  इलेक्ट्रीक जहाज 

 


काठमाडौं । चर्चित कम्पनी रोल्स रोयसले विश्वकै सबैभन्दा तिब्र गतिमा उडने इलेक्ट्रीक विमान बनाएको छ । 


यो विमान ६२३ किलोमिटर प्रति घन्टाको रफ्तारले उडान भर्न सक्षम छ । यसका साथै यो पूर्ण विद्युतिय विमानले २१२ किलोमिटर प्रतिघन्टाको रफ्तार रेकर्ड पनि तोडेको छ । 


विमानको नाम ‘स्प्रिट अफ इनोभेसन’ राखिएको छ । यसको ब्याट्रीबाट ७५ सय वटा स्मार्टफोन मजाले चार्ज गर्न सकिन्छ । 


विमानले हालै गरिएको पछिल्लो परिक्षण उडानमा करीब ३ किलोमिटर दुरी जम्मा ११ मिटनमा पुरा गरेको थियो । यो विमानले २०२ सेकन्डभित्र ३ हजार मिटर उचाइ पनि हासिल गरेको छ, जुन यसअघिको रेकर्डभन्दा ६० सेकेन्ड कम हो । 


रोल्स रोयस कम्पनीका सिइओ वारेन इस्टले यो विमान कार्बनमुक्त सपना साकार गर्ने दिशामा ठूलो उपलब्धि भएको बताएका छन् । अर्थात यसले ‘नेट जिरो’को अवधारणालाई यथार्थमा बदल्नेछ । 

plae final

रोल्स रोयसले यो विमान एक पटक चार्ज गरेपछि ३० मिनटसम्म मजाले उडनसक्ने जानकारी दिएका छन् । 


‘हामी अहिलेसम्म यस्तो प्रविधिमा काम गरिरहेका छौं, जस अन्तर्गत एक पटक चार्ज गरेपछि १६० किलोमिटर यात्रा गर्न सकिन्छ’, रोल्स रोयसको भनाई छ । 


परिक्षण उडानलाई बेलायती सेनाको परिक्षण साइटमा गत १६ नोभेम्बरमा पुरा गरिएको थियो । सोही उडानका क्रममा विमानले ६२३ किलोमिटर प्रतिघन्टाको रफ्तार हासिल गरेको हो । 


यसअघि सिमेन्सको इलेक्ट्रीक विमानले सन् २०१७ मा २१२ किलोमिटर प्रति घन्टा रफ्तारको रेकर्ड कायम गरेको थियो । रोल्स रोयसको नयाँ विमानमा ४०० किलो वाटको पावर ट्रेन लगाइएको छ र ६४८० सेल्सको ब्याट्री छ । यो ब्याट्री कति शक्तिशाली छ भने ७५०० स्मार्टफोनलाई मजाले चार्ज गर्न सकिन्छ । यो पुरा सिस्टमले प्रोपेलर्सलाई २२०० आरपिएमको रफ्तारले घुमाउँछ, जुन वाशीङ मेसिनको रफ्तारभन्दा दोब्बर छ । यो विमानको ब्याट्री नतातोस भनेर विशेष उपाय पनि अपनाइएको छ । 


plane

प्रतिक्रिया