अमेरिकाको कलेज तथा विश्वविधालयमा घट्न थाले विधार्थीहरू

न्युयोर्क। अमेरिकाको कलेज तथा विश्वविधालयमा भर्ना अभियानमा कमि आएको छ। कोरोना संक्रमणबाट प्रभावित उच्च शिक्षा पुरानो लयमा फर्किन नसकेको विभिन्न मिडियाहरूले बताएका छन्। 

नेशनल स्टुडेन्ट क्लियरिङ हाउस रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको तथ्यांकमा २०२२ मा अण्डरग्य्राजुएट कोर्षका लागि ६ लाख ६२ हजारभन्दा कम विधार्थीले भर्ना लिएका छन्। यसको अर्थ गत वर्षको तुलनामा यस वर्ष अमेरिकामा ४ दशमलव ७ प्रतिशतले भर्ना कार्य प्रभावित बनेको छ।  

महामारीका बीच ग्य्राजुएट र प्रोफेसनल कोर्षमा महिला विधार्थीको संख्या उल्लेख्य पाइएको छ। यद्यपि यो तथ्यांकमा पनि गत वर्षलाई तुलना गर्दा भर्ना संख्या कम नै देखिन्छ। सेन्टरका निर्देशक डग सापिरोले विधार्थी भर्नामा देखिएको कमिले विधार्थीको मानसिकतालाई उजागर गर्न थालेको बताएका छन्। उनले यसलाई विधार्थीको सोचमा आएको परिवर्तनतर्फ इंकित गर्न खोजेका छन्। ‘मध्यम पढाई भएकाहरूले पनि कलेज डिग्रीभन्दा राम्रो तलबको जागिर पाउन थालेका छन्। यसले विधार्थीलाई सोच्न बाध्य बनाएको छ,’ उनले भने। 

हल कलेजमा पढाइका लागि खर्चिनु परेको रकमको उपयोगिता विधार्थीहरूले खोज्न थालेको पनि उनको बुझाई छ। ठूलो मात्रामा ऋण लिएर अध्ययन गर्दा खर्चको चिन्ताले विधार्थीलाई सताउन थालेको छ। 
पहिलो वर्षमा भर्नाको स्थिति पहिलेभन्दा सुधार देखिए पनि यो निरासाजनक नै रहेको कलेज उद्योगको प्रमुख संघ अमेरिकी शिक्षा काउन्सिलका उपाध्यक्ष टेरी हर्टल भन्छिन्।  ‘भर्नाको तथ्यांक निरासाजनक छ,’ उनले भनिन्, ‘ यद्यपि महामारीले एउटै सेमिस्टरमा आएको परिवर्तनबाट पूर्वानुमान लगाउन सकिन्न।’ 

उनी नाम चलेका शिक्षण संस्थानमा भर्नाका लागि धेरै आवेदन आएकोतर्फ पनि सबैको ध्यान खिच्न चाहन्छिन्। 

महामारीका कारण अन्डरग्य्राजुएट कोर्षको भर्नामा लगभग १४ लाख अर्थात ९ दशमलव ४ प्रतिशतले कमि आएको छ। महामारीपछि बाहिरी देशबाट आउने विधार्थीमा पनि कमि आएको र अमेरिका आउने विषयमा चर्को बहस उठ्न थालेको दावी गरिएको छ। 

गोराहरूको बाहुल्य रहेको एलिट कलेज तथा विश्वविधालयमा प्रवेश पाउनका लागि ठूलै संख्यामा आवेदन आएका छन्। तर, निम्न तथा कम आय भएका विधार्थीलाई प्रवेश दिने कम्युनिटी कलेज महामारीबाट थलिएको अवस्थामा छ। मध्य पश्चिम र उत्तर पूर्वी क्षेत्रमा यसको प्रभाव धेरै देखिन्छ। 

नेशनल क्लियरिङ हाउसका अनुसार पहिलो वर्ष अश्वेत विधार्थीको भर्तीमा ६ दशमलव ५ प्रतिशतले कमि देखिएको छ। गत वर्षको तुलनामा यो वर्ष अवस्थामा सुधार हुने अनुमान गरिएको थियो। तर, अहिलेको अवस्थामा त्यो सम्भव देखिएन, जसका कारण विशेषज्ञहरू निरास देखिन्छन्।

सन् २०२२ मा सरकारी सहयोगले चलिरहेको पब्लिक कलेज र विश्वविधालयमा ६ लाख ४ हजार विधार्थीको भर्नामा कमि आएको छ। पब्लिक सेक्टरको कम्युनिटी कलेजमा सबैभन्दा कम भर्ना भएका छन्। यहाँ तीन लाख ५१ हजारभन्दा कम भर्ना भएको छ। यो भनेको भर्नामा आएको कमिको ७ दशमलव ८ प्रतिशत हो। अमेरिकामा सरकारी तथा सार्वजनिक सहायतबाट सञ्चालन हुने कम्युनिटी कलेजमा २०२० देखि आजसम्म ८ लाख २७ हजार विधार्थी भर्नामा कमि आइसकेको छ। 
 

प्रतिक्रिया