बेलायती महारानीकाे ७० वर्षे शाषन

यसरी बेलायती महारानी बनेकी थिइन एलिजावेथ

बेलायती महारानी एलिजावेथ द्धितीयको शाषनकालको प्लेटिनम जुबली भब्य रूपमा बेलायतमा मनाउने तयारी भएको छ। ४ दिन लामो यो उत्सव विश्वको सबैभन्दा पुरानो र सम्मानित संस्थाको सम्मानमा मनाउन लागिएको हो। 

उनको शाषनकालमा बेलायतमा कैयाैं कीर्तिमान बनेका छन्। उनको राज्याभिषेक टेलिभिजनबाट मात्र विश्वका ३ सय मिलियन जनसंख्याले हेरिसकेका छन्। उनी बेलायतमा सबैभन्दा लामो समय शाषन गर्ने  र विवाह बन्धनमा बाँधिने शाषक हुन्। अब २ वर्ष मात्र उनले शाषन गरिन भने उनी फ्रान्सका पूर्व राजा लुइस चौधौं बराबर शाषन गर्ने शाषक बन्ने छिन्। लुइसले १६४३–१७१५ सम्म ७२ वर्ष शाषन गरेका थिए। 

एलिजावेथको सन् १९५३ मा राज्याभिषेक भएको थियो। त्यसयता उनले ७० वर्ष शाषन गरिसकेकी छिन्। राजसंस्थाभित्र अनेकौं उतार–चढाव देखिए पनि न्यानो मुस्कानसहित उनी सधै सार्वजनिक कार्यक्रममा देखा पर्दै आइरहेकी छिन्। त्यसैले बेलायती जनताहरू उनलाई देशको सबैभन्दा विश्वास गर्न योग्य व्यक्ति मान्छन्। 

एलिजावेथ बेलायतमा शाषन गर्ने रोलक्रम अनुसार जन्मिएकी थिइनन्। उनको काका एडवर्ड आठौंले एक्कासी सिंहासन त्याग गरेपछि उनको बुवा जर्ज छैटौं राजा बनेका थिए। ६ फेब्रुअरी १९५२ मा उनी २५ वर्षको हुँदा बुवाको निधन भयो। यसपछि उनी रानी बनेकी हुन्। घरमा लिलिबेट भनेर सम्बोधन गरिने महारानी एलिजावेथको २ जुन, १९५३ मा वेष्टमिनिस्टर एबेमा भब्य कार्यक्रमबीच राज्याभिषेक गरिएको थियो। 

एक जवान युवतीको रूपमा एलिजाबेथले बेलायती साम्राज्य खुम्चिएको अनुभव गरिन्, शीत युद्धको साक्षी बनिन्। ब्रेक्जिटबाट आफ्नो देश बाहिरिएको कागजमा हस्ताक्षर गरिन्। कोरोना भाइरसको महामारी देखिन्। उनले बकिङ्घम प्यालेसमा विन्स्टन चर्चिलदेखि मार्गरेट थ्याचर हुँदै बोरिस जोन्सनको रूपमा १४ वटा प्रधानमन्त्रीलाई स्वागत गरिन्। 

उनले शाषनको प्रारम्भमा आफ्नो बहिनी मार्गरेटसँग थुप्रै समस्या भोग्नु पर्यो। घोटाला, पार्टीलगायत बेलायतको ४ सय वर्ष पुरानो शाहीकालमा पहिलो ‘डिभोर्स’ को मामिला पनि अनुभव गर्नुपर्यो। एलिजावेथले १९४७ मा राजकुमार फिलिपसँग बिहे गरिन्। यो दम्पतीबाट ४ सन्तान जन्मिए। उनको उत्तराधिकारीको रूपमा रहेका जेठा छोरा चार्ल्सले १९८१ मा भब्य कार्यक्रमका बीच लेडी डायनासँग बिहे गरे। तर, त्यो सम्बन्ध लामो टिकेन। कान्छो छोरा एडवर्डबाहेक उनका सबै छोराछोरीले सम्बन्धविच्छेद गरे। महारानीका ६ नातिनातिनामध्ये एक राजकुमार ह्यारी शाही परिवारबाट बाहिरिए। 

उनको छोरा राजकुमार एन्ड्रयु वर्षोदेखि चिन्ताको कारण बनेका छन्। उनी एउटा यौन काण्डमा मुछिएका छन्। उनले यो वर्षको अन्त्यमा अमेरिकामा यौन दुर्ब्यवहारको मुद्धाको सामना गर्नुपर्ने छ। एलिजावेथ लामो समय छोराको पक्षमा उभिइन्। तर, यही वर्ष जनवरीमा उनले छोराको सबै सैन्य दर्जा र शाही पदवी खोसेकी थिइन। 

 

 

प्रतिक्रिया