सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं– आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोलीले सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सानोस्वारमा जहाज क्षतविच्छेद अवस्थामा फेला पारेको हो। सेना जहाज दुर्घटनास्थल पुगेको छ।

थप विवरण केहीबेरमा आउने सेनाले जनाएको छ। 

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज आइतबार बिहानदेखि बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए। 

प्रतिक्रिया