ढाका टोपी ढल्काउँदै अस्ट्रेलियाका मेयर उम्मेदवार 

 


अस्ट्रेलियाका लिभरपुलमा नेपाली समुदायका अगुवासँगको भेटघाटमा काउन्सीलका मेयर पदका उम्मेदवार नेड मनोनको शिरमा ढल्कीएको छ, नेपाली ढाका टोपी ।

नेपालीको बाक्लो वस्ती रहँदै आएको लिभरपुलमा नेपाली समुदायमा पुगेर नेडले दुःख सुखमा साथ दिने बाचा गरेका छन् ।

यो भेलाको संयोजन सामाजिक अभियन्ता भूपाल सिटौलाले गरेका हुन् । उनले उम्मेदवार नेडलाई ढाका टोपी लगाइदिएका थिए । गैर आवासीय नेपाली सँघका नन्दु गुरुङले दोसल्ला र रातो टिका लगाइदिदै विजयको सुभकामना दिएका थिए । 

उम्मेदवार नेडले सन् २०१६ मा लिभरपुल काउन्सील मेयरमा जितिसकेका छन् । 

mayar

कार्यक्रममा लिवरल पार्टीका स्थानिय नेता नगेन्द्र अधिकारी, सुर्य गौतम लगायतले आप्रवासी नेपालीहरुको अवस्था, स्थानिय स्तरमा भोग्नुपरेका समस्या र काउन्सीलवाट आगामी दिनमा नेपाली समुदायले गरेको अपेक्षाका वारेमा आफ्ना धारणा राखेका थिए ।


कार्यक्रममा सामाजिक अगुवा सुर्यभक्त खनाल, सुदिप ढकाल, योगन्द्र पौडेल, लिवरल पार्टीका तर्फवाट क्याम्पवलटाउन काउन्सीलमा काउन्सीलर पदका उम्मेदवारहरु विनोद पौडेल, ज्योपसना पौडेल लगायतको उपस्थिति थियो ।
(एएनजेडखबर डटकमबाट) 
 

प्रतिक्रिया