त्रिभुवन विमानस्थलमा  शंकास्पद वस्तु रहेको आशंका, अनुसन्धान गर्दै सुरक्षाकर्मी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भित्र शंकास्पद रहेको सूचना आएपछि यात्रुलाई बाहिर निकालिएको छ ।

अज्ञात व्यक्तिले विमानस्थलमा बम राखिएको भन्दै फोन गरेपछि विमानस्थल खाली गरिएको हो । अहिले नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले यात्रुलाई बाहिर निकालेर सर्च गरिरहेको छ ।

अहिले आन्तरिक ट्रमिनलतर्फको भवनलाई खाली गरेर खानतलासी गर्ने कार्य भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए । 
 

प्रतिक्रिया