स्विट्जरल्याण्डमा बन्दै विश्वको अग्लो काठको बिल्डिङ

काठमाडौं( एजेन्सी)। विश्वको सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खलिफा स्टिल र सिमेन्टबाट बनेको छ । तर, स्विट्जल्याण्डमा एउटा यस्तो अग्लो भवनको निर्माण भइरहेको छ, जसमा न स्टिल प्रयोग भएको छ, न सिमेन्ट नै । काठबाट बन्न लागेको यो अग्लो बिल्डिङको निर्माण कार्य सुरु भइसकेको छ । 

ज्युरिचबाट प्रकाशित हुने पत्रपत्रिकाका अनुसार ज्युरिच नजिकको विन्टरथुर शहरमा काठ मात्र प्रयोग गरेर एक सय मिटर अर्थात ३ सय २८ फिट अग्लो बिल्डिङको निर्माण धमाधम भइरहेको छ ।  नेपाललगायत अन्य देशमा घरको झ्याल र ढोका बनाउन मात्र काठ प्रयोग हुने गरेको छ। तर, स्विट्जरल्याण्डमा गगनचुम्बी घर बनाउन पुरै काठ प्रयोग हुन लागेको हो। 

277112241_765020804884167_5278439691781649820_n

पत्रपत्रिकामा उल्लेख भएअनुसार बिल्डिङको निर्माणको ठेक्का डेनिस फर्म ‘स्मिट ह्यामर लासेन आर्किटेक्ट्स’ ले प्राप्त गरेको छ । यही कम्पनीले बिल्डिङको डिजाइन पनि गरेको हो। यो प्रोजेक्टको नाम ‘रकेट एण्ड टाइगर्ली’ राखिएको छ। । बिल्डिङ पुरै वातावरणमैत्री भएको डेनिस फर्मको दावी छ । बिल्डिङको पिलरदेखि छतसम्म सबै ठाउँमा काठ प्रयोग भएको छ। यसको निर्माण कार्य सन् २०२६ सम्म पुरा भइसक्ने पत्रिकामा उल्लेख छ । 

निर्माण कम्पनी डेनिस फर्मले स्विस आर्किटेक्चर स्टुडियो कमेटी ट्रफर होडलसँग मिलेर बिल्डिङको डिजाइन तयार पारेको बताएको छ । उसले काठको ४ वटा भवन तयार हुने, जसमा टावरको लम्बाई सय मिटर रहेको जानकरी दियो । बिल्डिङमा सबै किसिमको सुविधा उपलब्ध हुने छन्। यसभित्र गार्डेन, जिम, रेस्टुरेन्ट, स्काइ बार, पसल र होटल हुनेछ। केटाकेटीका लागि खेल्ने स्थान पनि यथेस्ट हुनेछन् ।  

278123491_1377734282745818_8726912697565815951_n

डिजाइनर डेनिस फर्मले काठको भवन बनाउँदा थुप्रै फाइदा हुने बतायो। ‘निर्माण कार्य छिटो हुनेछ। कंक्रिट भवन बनाउँदा धेरै समय खर्च हुन्छ,’ फर्मले भनेको छ। उसले कंक्रिट र स्टिलको भवन तयार पार्दा त्यसले वातावरणलाई निकै नोक्सान हुने र प्रदूषण पनि बढ्ने बताउँदै काठको भवनले धेरै आयाम बोकेको जनाएको छ । विश्वमा कंक्रिट ८ प्रतिशत र स्टिल ५ प्रतिशत कार्बन उत्सर्जनको कारण बन्ने गरेको छ । 

पछिल्लो समय विश्वका ठूला देशहरूमा काठको बिल्डिङ बन्ने क्रम बढ्दो छ । अमेरिकाको मिनेपोलिसमा काठको १८ तल्ले भवन निर्माण भएको छ । यस्तै, अस्ट्रियामा पनि काठको टावर निर्माण भएको छ । यसको नाम नै होहो टावर राखिएको छ। स्विडेनको राजधानी स्टोकहोममा पनि काठको गगनचुम्बी भवन निर्माण भएको छ। चीनको गुइझोई प्रान्तको यिङशान शहरमा पनि २४ तल्ले भवन निर्माण गरिएको छ। 

 

 

274742715_3040268149618860_7182537568913063751_n
278232293_5364668383565028_5925436647307973817_n

प्रतिक्रिया