बझाङमा भूकम्पको धक्का

काठमाडौं– सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो। 

बझाङ डीएसपी ज्ञानबहादुर विष्टका अनुसार बिहान ६ बजेर ३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। 

दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको उनले जानकारी दिए। सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ। भूकम्पको धक्का महसुस गरिए पनि क्षति भए/नभएको बारे कुनै जानकारी नआएको डीएसपी विष्टले जानकारी दिए। 

प्रतिक्रिया