भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोल ४.७९ रुपैयाँ घट्यो

काठमाडौं– इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ। 

शनिबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य ४.७९ रुपैयाँ घटेको छ। 

तर, डिजेलमा भने प्रतिलिटर २.०२ रुपैयाँ र हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको छ। पेट्रोलमा मूल्य घटेर आएको भए पनि आगामी १५ दिनमा ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ। 

यस्तै, निगमलाई प्रतिमहिना करिब ७ अर्ब ४७ करोड नोक्सानी हुने स्थिति रहेको निगमले जनाएको छ।

प्रतिक्रिया