दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट प्रहरीले दुई किलो सुन बरामद गरेको हो । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट आएका सिरहाका सिताराम चौधरी र सरोज सहनी पक्राउ परेका हुन् । विमानस्थलबाट बाहिरिएर पार्किङ क्षेत्रबाट उनीहरु पक्राउ परका हुन् ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलका अनुसार पक्राउ परेका उनीहरुले एक–एक प्याकेट बनाएर कट्टुमा बाँधेर सुन भित्राएका थिए । उनले लेदो अवस्थामा पहेलो वस्तु भेटिएकाले परीक्षणबाट थप पत्ता लाग्ने बताए ।

खाडी मुलुकबाट नेपाल फर्किने कामदारमार्फत तस्करहरुले सुन पठाउने गरेका छन् । यसअघि पनि पटक पटक सुन तस्करीमा संलग्न नेपाली कामदार पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया