भारतको उपचुनावमा भाजपाको सबै सिटमा हार, सत्रुघन सिन्हा विजयी

दिल्ली । भारतका तीन वटा राज्यमा चार सिटका लागि भएको उपचुनावमा सत्तापक्षीय भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो नतिजा बेहोर्नु परेको छ । लोकसभाका लागि भएको ४ वटै सिटमा भाजपा पराजित भएको छ। यी सिटमा तृणमूल कांग्रेस, राष्ट्रिय जनता पार्टी र भारतीय कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

बंगालको दुई वटा उपचुनावमा भाजपाका दुवै पूर्वमन्त्रीले तृणमूलबाट चुनाव जितेका छन्। बलिउड अभिनेता सत्रुघन सिन्हाले आसनसोल विधानसभा सिटबाट ३ लाख बढी मतले चुनाव जितेका छन्। 

ममता बनर्जीको तृणमुल कांग्रेसबाट यसपालि सत्रुघन चुनावमा होम्मिएका थिए। यो सिट पहिले बाबुल सुप्रियोको नाममा थियो। सुप्रियो भाजपा छोडेर तृणमुल कांग्रेसमा प्रवेश भएका थिए। त्यसैले यो सिट खाली थियो। यस सिटमा सत्रुघनले भाजपाका अग्निमित्रा पाउललाई ३ लाख ३ हजार २०९ भोटले पराजित गरे। 

यस्तै, बालिगञ्ज सिटबाट सुप्रियोले २० हजार २२८ मतले भाजपाका केया घोषलाई पराजित गरे। यो विधानसभा सिट पूर्व सांसद तथा राज्यका मन्त्री सुब्रत मुखर्जीको निधन पछि खाली थियो। 

यस्तै,महारष्ट्रको कोल्हापुरमा भएको उपचुनावमा कांग्रेसकी जयश्री जाधव १९ हजार ३०७ मतान्तरले विजयी भइन्। उनले भाजपाका सत्यजीत कदमलाई पराजित गरिन्। यो सिट गत डिसेम्बरमा कोभिड–१९ का कारण कांग्रेस सांसद चन्द्रकान्त जाधवको निधन भएपछि खाली थियो। 

यस्तै, बिहारमा लालु प्रसाद यादवको राष्ट्रिय जनता दल (आरजीडी) का उम्मेदवार अमर पासवान ३६ हजार ६ सय ५३ मतान्तरले विजयी भए। बिहारको बोचहां सिटका लागि भएको चुनावमा उनले भाजपाकै बेबी कुमारीलई पराजित गरेका थिए।

यो सिट पनि सांसद मुसाफिर पासवानको निधनपछि खाली थियो। यसैगरी छत्तीसगढको खैरागढमा भएको उपचुनावमा कांग्रेसकी यशोदा वर्मा २० हजार १ सय ६७ मतान्तरले विजयी भइन्। यो ठाउँ पनि जनता कांग्रेसका सांसद देवब्रत सिंहको निधनपछि खाली थियो।
 

प्रतिक्रिया