श्रीलंकाका पूर्व क्रिकेटर भोक हड्तालमा 

कोलम्बो। श्रीलंकाका पूर्वक्रिकेटर धम्मिका प्रसाद देशमा व्याप्त आर्थिक संकट तथा ३ वर्षअघि इस्टरमा भएको आतंकवादी हमलाको विरोधमा भोक हड्तालमा बसेका छन्। 

उनले यी दुवै घटनामा न्याय माग्दै शुक्रबार २४ घण्टाका लागि भोक हड्तालमा बसेको बताएका छन्। सन् २०१९ को इस्टरको दिन आइतबार आतंकवादीले बम हमला गरेका थिए। घटनामा मारिएका परिवारको न्यायका लागि भइरहेको विरोध प्रदर्शनमा उनी पनि समावेश छन्। अहिले श्रीलंकाको आर्थिक अवस्था निकै कमजोर बनेको छ।

राष्ट्रपति गोटबाया राजपक्षे र प्रधानमन्त्री महेन्द्रा राजपक्षेविरूद्ध राजीनामाको माग बढे पनि उनीहरू आफ्नो पदमा कायम छन्। 

३९ वर्षीय प्रसादले २००६–२०१५ सम्म देशका लागि २५ टेस्ट र २४ एकदिवसीय खेलेका थिए, जसमा उनी क्रमशः ७५ र ३२ विकेट लिन सफल भएका थिए।

प्रतिक्रिया