दक्षिण कोरियालाई किमकी बहिनीको धम्की

आफ्नो देशलाई नोक्सान पुर्याए, परमाणु बम खसाउने प्योङयोङ। उत्तर कोरियाका तानाशाह शाषक किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियालाई धम्की दिँदै भनेकी छिन्– यदी दक्षिण कोरियाले आफ्नो देशको जमीनमा एक इन्ची नोक्सान मात्र पुर्याए, उत्तर कोरियाले परमाणु बम बर्साउने छ।

उत्तर कोरियाको शक्तिमान मानिएकी किम यो जोङको यो भनाई यतिबेला सार्वजनिक भएको हो, जब प्योङयोङ लगातार विनाशकारी मिसाइलको परीक्षणमा व्यस्त छ। उसले हालै अन्तर महादेशीय मिसाइलको सफलतापूर्वक परीक्षण गरेको थियो, जुन अमेरिकासम्म मार हार्नसक्ने सार्म्थ्य राख्छ।

किम यो जोङ आफ्नो भाई किम जोङ उनसँग सबैभन्दा नजिक मानिन्छिन्। उनी दक्षिण कोरियासँगको सम्बन्ध हेर्ने शीर्ष नेतृ पनि हुन्। दक्षिण कोरियाका रक्षामन्त्री सुह वुकले हालै एउटा कार्यक्रममा आफ्नो देशसँग निकै प्रभावशाली मिसाइल भएको जानकारी दिएका थिए। उनले दक्षिण कोरियाको मिसाइल सिस्टम उत्तर कोरियाको भन्दा सटिक भएको र यसले लक्ष्यमा राम्रोसँग मार हान्नसक्ने बताएका थिए।

किम यो जोङको पछिल्लो भनाई दक्षिण कोरियाका रक्षामन्त्रीलाई ‘काउन्टर’ दिने हिसाबले आएको बताइएको छ। किम यो जोङले भनिन्, ‘यदी दक्षिण कोरियाली सेनाले हाम्रो जमीनमा एक इन्ची पनि नोक्सान पुर्याउँछ भने उनीहरूले गम्भीर परिणाम भोग्नु पर्नेछ।’

प्रतिक्रिया