गोलाप्रथा प्रणाली लागू गर्ने सर्वोच्चको पूर्ण बैठकको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू सम्मिलित बैठकले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानन्यायाधीश जबरा भने सहभागी थिएनन् ।

१८ जना न्यायाधीशले हस्ताक्षर गरेर प्रधानन्यायाधीशलाई निर्णय पठाएका छन् । सर्वोच्चको पूर्ण बैठकले औपचारिक निर्णय गरी मुख्य रजिष्ट्रारमार्फत कानुन मन्त्रालयमा पठाएर राजपत्रमा प्रकाशित भएपछि यो कार्यविधि लागू हुनेछ ।
 

प्रतिक्रिया