आईपीएल : गुजरातको दोस्रो जित, दिल्ली १४ रनले पराजित

काठमाडौं– गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ। हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै जित हात पारेको हो।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रनमा समेटियो। दिल्लीका विकेटकिपर तथा कप्तान ऋषभ पन्तले सर्वाधिक ४३ रन बनाए भने रोभम्यान पावेलले २० रनमा जोे। ओपनर पृथ्वी श १०, टिम सिफर्ट ३, मनदीप सिंह १८ र ललित यादव २५ रनमा आउट भए।

गुजरातका तीव्र गतिका बलर लोकी फर्गुसनले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए। मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिँदा हार्दिक पान्ड्या र राशिद खानले १–१ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो। ओपनर सुभमन गिलले ४६ बलमा सर्वाधिक ८४ रन बनाउँदा कप्तान हार्दिक पान्ड्याले ३१ रन आउट जोडे।

ओपनर म्याथ्यु वेड १ रनमै क्याच भएका थिए। विजय शंकर १३ तथा डेविड मिलर २० र राहुल टेवाटिया १४ रन जोडे। 

दिल्लीका मुस्ताफिजुर रहमानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। खलिल अहमदले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले १ विकेट लिए।

दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको थियो। तेस्रो खेल ७ अप्रिलमा लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।

गुजरातले पहिलो खेलमा लखनऊलाई ५ विकेटले हराएको थियो । गुजरातले ८ अप्रिलमा पन्जाबसँग खेल्नेछ।

प्रतिक्रिया