त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै

काठमाडौं– नेपालले त्रिकोणात्मक टी२० आई सिरिजको लिगको अन्तिम खेलमा शनिबार मलेसियासँग खेल्दैछ। खेल दिउँसो १२ : ३० मा टियु मैदानमा सुरु हुनेछ। 

नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगिसकेको छ। नेपालले पहिलो खेलमा पपुवा न्यू गिनी १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो। 

यस्तै, तेस्रो खेलमा मलेसियालाई नेपालले ६ विकेटले हराएको थियो। यता, मलेसियाले पपुवा न्यू गिनीलाई पहिलो खेलमा ८ रनले हराउँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो। 

मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ। तर, पराजित भए पपुवा न्यू गिनी फाइनलमा पुग्नेछ। मलेसिया पराजित हुँदा दुबै टोलीको २–२ अंक हुनेछ। यो अवस्थामा पपुवा न्यू गिनी नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ।

यो खेलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पवुदु दासानायकेले टोलीमा केही परिवर्तन गर्नसक्छ। यस सिरिजमा मौका नपाएका विवेक यादव र सागर ढकाललाई आज नेपालले मौका दिनसक्छ। 

नेपालले आजको खेलमा आरिफ शेख र तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल अघि विश्राम दिनसक्ने सम्भावना छ। 

प्रतिक्रिया