त्रिकोणात्मक टी२० आई सिरिज : एक खेल अगावै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं– नेपालले अन्तर्राष्टिय त्रिकोणात्मक टी२० आई सिरिजमा आज बिहीबार पपुवा न्यू गिनीसँग खेल्दैछ। खेल दिउँसो १२ : ३० मा टियु मैदानमा हुनेछ। 

आजको खेलमा नेपाल विजयी भएमा ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुग्ने छ। पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

पपुवा न्यू गिनी भने दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो। शीर्ष दुईमा रहेर फाइनल खेल्न पपुवा न्यू गिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ। 

आजको खेलमा नेपालले टोलीमा केहि परिवर्तन गर्नसक्छ। आरिफ शेखलाई विश्राम दिँदै आदिल अन्सारीलाई डेब्यू दिनसक्छ। अन्सारी आक्रामक ब्याटिङ र मध्य गतिमा बलिङ गर्ने गर्दछन्। ओपनरमा कुशल भुर्तेल र आसिफ शेखलाई निरन्तरता दिइने छ। 

नेपालले तीन तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र अभिनाश बोहरालाई खेलाउँदै आएको छ।

आजको खेलमा सोमपाललाई पनि विश्राम दिनसक्छ। सोमपाल ओडिआई सिरिजमा पनि थिए। उनको स्थानमा कमलसिंह ऐरीलाई मौका दिनसक्छ। विवेक यादवले पनि मौका पाउन सक्छन्। सन्दीप, करण र दीपेन्द्र नेपालका प्रमुख हतियार हुन्।

नेपाल र पपुवा न्यू गिनीबीच दुई टी२० आई खेल भएको छ। नेपाल १ खेलमा जित र १ खेलमा पराजित भएको छ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी।

प्रतिक्रिया