फिफा कतार विश्वकप : अफिसियल बल सार्वजनिक

काठमाडौं– एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ।

यस पटकको विश्वकपमा खेलकुदको सामग्री उत्पादन गर्ने कम्पनी एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो। बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ति डुंगा र झन्डाबाट प्रेरित रहेको छ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औं बल हो। एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्णरूपमा उच्चस्तरिय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ।

फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो सयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए। यसपटकको विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदैछ। यो विन्टर सिजन हो। यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो।

यसपटकको विश्वकपमा हालसम्म आयोजक कतारसहित २७ राष्ट्रहरू छनोट भइसकेका भएका छन्। अब पाँच टोलीको छिनोफानो हुन बाँकी छ। 

विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट ५, एसियाबाट ४ र (प्लेअफबाट एक प्लस), कोन्काफबाट ३ (प्लेअफबाट एक प्लस), ओसियानाबाट (प्लेअफबाट एक प्लस ) र कन्मेवलबाट ४ (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान रहेको छ।

प्रतिक्रिया