पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं– पोर्चुगल र पोल्यान्ड युरोपेली छनोटको प्लेअफ फाइनलमा जित निकाल्दै  फिफा विश्वकप २०२२ कतारमा छनोट भएका छन्।

मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा पुगेको हो। पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे।

पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवआती अग्रता लिएको थियो। खेलको ३०औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए। 

दोस्रो हाफमा ब्रुनोले अग्रता दोब्बर पारे। ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा पुर्याएका थिए। 

यता, घरेलु मैदानमा पोल्यान्डले स्वीडेनमाथि २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको छ। घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाए। ७२औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे। 

प्रतिक्रिया