निन्द्रा लागेन ? यस्तो छ अचूक उपाय

हामी सबैको प्रयास छ हाम्रो अनियन्त्रित मन नियन्त्रणमा आओस् । अस्थिर मन स्थिर होस्, हाम्रो मनलाई हामीले जसरी प्रयोग गर्न चाहुँ, त्यसैगरी प्रयोग होस् भन्ने हामी सबैको इच्छा हो । तर त्यस्तो भइराखेको छैन । हाम्रो मन हाम्रो नियन्त्रणमा छैन, जे इच्छा गर्दैनौँ त्योचाहिँ हुन्छ, जे इच्छा गर्छौं, त्यता मन जाँदैन । मलाई ध्यान गर्नु छ हे मन, तिमी एकछिन शान्त होऊ, जुन बेलामा आवश्यकता छ, त्यो बेलामा बिचार गरौँला नि, अहिले ध्यान गर्नु छ आवश्यक छैन बिचारहरु नचल– भन्यो तर मन मान्दैन । हामीले जे विचार गर्न चाहेका थियौँ, त्यता बिचार गरे त ठीक छ । जे हामीले बिचार गर्नै चाहेका हुँदैनौँ, त्यही कुरा बिचारमा आउँछ, अनियन्त्रित हिसाबले मन चलिरहेको हुन्छ । बेलुका सुत्ने बेला हामी निदाउन सक्दैनौँ, निदाउने बेलामा चाहिँ बढी बिचार आउँछ । बरु काम गरिराखेको छ, शरीरलाई काम लगाइराखेको छ, बोलेका छौँ, हातखुट्टा चलाइरहेका छौँ, त्यतिखेरसम्म बरु ठीक छ ।

अहिले बिचार चलेको छैन कि जस्तो लाग्छ, जब शान्त भएर बस्छौँ, त्यो बेला मनको वेग तीव्र हुन्छ । झन् बढी मन चञ्चल भएर बसेको हुन्छ– विश्राममा जानुपर्ने, निदाउनुपर्ने त्यही बेलामा यति धेरै मनमा कुरा खेल्न थाल्छ अनि व्यक्ति निदाउनै सकिदैन । एउटै बिचार बारबार आएकोआयै गर्छ । सुत्नै सकिँदैन । यति धेरै सोचहरु आउँछन् निद्रा कहाँ हो कहाँ हो टाढा भाग्छ । अब के गर्ने ? रातभरि नसुत्ने ? अब यो बिचार चलुन्जेलसम्म त निद्रा लाग्दैन र बिस्तारै मानिस मनको रोगी हुन थल्छ । यसबाट कसरी मुक्त हुने ? राति सुत्ने बेलामा चाहिँ यति धेरै कुरा मनमा आउँछ । यो मनको कुराबाट कसरी मुक्त हुने ?

भगवान्का नामहरुमध्ये एउटा नाम छ– ‘हरि’ । हरि किन भनेको होला ? हरि भनेको हाम्रा दुःखहरुलाई हरण गर्ने । 

दुःख भनेको के हो ? दुःख बाहिर छैन, श्रम गरेर कोही दुःखी हँुदैन । काम गरेर दुःखी हँुदै हँुदैन । काम ग¥यो भने सुखी होइन्छ । जति मानिसले शारीरिक श्रम गर्छ, त्यति स्वस्थ्य हुन्छ, बलियो हुन्छ मान्छे । बाहिर काम गरेर कुनै मानिस दुःखी हँुदैन । काम गरेर दुःख पाएँ भन्ने हाम्रो भ्रम हो । काम गरेर कोही दुःखी हँुदैन, बरु स्वस्थ हुन्छ । तर मनले बढी काम ग¥यो भनेचाहिँ दुःखी हुन्छ । मन अनियन्त्रित हिसाबले चलेको छ भने बढी दुःख हुन्छ । यो दुःख भनेको मनको हो, अरुको होइन र जसले मनका सबै दुःख हरण गर्ने सामथ्र्य राख्छ, त्यसलाई हरि भनिन्छ । 

सबैभन्दा महत्वपूर्ण मन र यो मनले हामीलाई रातभरि सुत्न दिँदैन । मनलाई यस्तो अस्तव्यस्त बनायौं, मनलाई यति छाडा छोड्यौँ कि अब सुत्न कठिन भयो । अब बाँच्न कठिन भयो । रातभरि सबै मानिस सुतेका हुन्छन्, निदाएका हुन्छन् म के गरेर बस्ने होला, भित्र कति पीडा होला ।  योभन्दा ठूलो नर्क अरु केही चाहिन्छ र ? मरेर नर्क भोग्नुपर्छ । यहीँ भइहाल्यो नि नर्क । जो रातभरि सुत्न सकेन, उसको जीवन नर्क भएन र ? 

अब यहाँनेर दुःखको हरण हरिले गर्छ । वश्, हरिलाई सम्झने तरिका सिकाँै । सानो मात्रै तरिका हामीले जान्यौँ भने यी सबै दुःखबाट मुक्त हुन सक्छौँ, मस्तसँग राति सुत्न सकिन्छ । यो दुःख हरण गर्ने नाम हो– राम । ‘राम’– यो राम यस्तो महामन्त्र हो, यसलाई हामीले ठीक तरिकाले जप्न जान्यौँ भने हाम्रा सबै दुःखहरुबाट यसले मुक्त गर्दछ । निश्चिन्त भएर रातभरि सुत्न सकिन्छ । जीवनमा धैर्य आउँछ । मन ढुक्क हुन्छ । सुरक्षाको अनुभव हुन्छ । मनले सधँै असुरक्षाको अनुभव गथ्र्यो र सुत्न दिँदैन थियो । अब मनले सुरक्षित महसुस गर्छ र यो महामन्त्र कसरी जप्ने तरिका  सिकौँ । 

‘सबैभन्दा पहिला सातपटक लामो र गहिरो श्वास लिने, पूरा श्वास लिने, छाड्दा पनि पूरा श्वास छोड्ने । सातपटकसम्म हामीले लामो र गहिरो श्वास लियौं । त्यसपछि चुप लागेर बस्ने, चुपचाप बस्ने, कम्मरलाई सीधा गर्ने तर सजिलो हुने गरी, अफ्ठ्यारो हुने गरीचाहिँ सीधा नगर्ने, हातलाई ज्ञान मुद्रामा राख्ने, ज्ञान मुद्रा भनेको चोरी औँला र बूढी औँलालाई जोड्ने, बाँकी औँलाहरुलाई सीधा राख्ने । अब दुबै आँखा बन्द छन् । बन्द आँखाले जस्तो देखिन्छ– त्यस्तै हेर्ने, आँखा बन्द गर्दा खाली आकाश जस्तो देखिन्छ । अँध्यारो छ आकाश, ठीक छ जस्तो छ–छ, यही आकाशलाई हेर्ने । यसलाई आन्तरिक भाव भनिन्छ । यो आन्तरिक भावलाई निरन्तर हेर्ने, अब बिस्तारै श्वास सामान्य भयो । अब अरु विचारहरु आइराखेको छ तर अब आउँदैन विचार । अब श्वासमा ध्यान लगाऊँ । श्वास भित्र गयो, श्वास बाहिर गयो, याद गर्नोस् । श्वास न घटाउनु छ न बढाउनु छ । मात्रै श्वासको याद । श्वास भित्र गयो थाहा पाउने, श्वास बाहिर गयो, थाहा पाउने । निरन्तर श्वास प्रवाह मात्र थाहा पाउने । अब श्वास भित्र जाँदाखेरि ‘हे’ जप गर्ने, श्वास भित्र गयो ‘हे’, मन–मनले– मुखले होइन । श्वास बाहिर जाँदाखेरि ‘राम’ जप्ने । यो मन्त्र यस्तो हुन्छ– हे राम, हे राम, हे राम जति लामो भित्र श्वास गयो त्यति नै लामो ‘हे’ ।

जति लामो समयसम्म श्वास बाहिर गयो, त्यति नै लामो समयसम्म ‘राम’ । श्वास भित्र जाँदा ‘हे’ । श्वास बाहिर जाँदा ‘राम’ । हे राम, हे राम– निरन्तर राम नाम    जपौं । पन्ध्र मिनेटसम्म निरन्तर जपौं । पन्ध्र मिनेटपश्चात् जपलाई छोड्दिने, चुप लागेर बस्ने र अघि जपेको राम भित्र चलिरहेको छ कि छैन सोध्ने । एकदमै सजग भएर सोध्ने । चकमन्नता छ, सन्नाटा छ, चुप्प छ, चुप्प रहने र भित्र कहीँ गुञ्जन सुन्ने– ‘हे राम’, ‘हे राम’ । सूक्ष्मरुपमा, गहिरो–गहिरो कहाँ हो कहाँ हो जस्तो । टाढा टाढाको आवाज जस्तो । सूक्ष्म आवाज भित्र चलेको हुनसक्छ ।

तपाईंभित्र निरन्तर राम गुञ्जिरहेको छ । ‘राम’ भजपा मन्त्र हो । राम जप्नु पर्दैन, भित्र स्वयं जपिइरहिएको छ । वश्, यो जपिइरहिएको, निरन्तर गुञ्जिइरहेको रामलाई जान्नको लागि मात्रै हामी बाहिरबाट राम उच्चारण गछौँ ।

चुप लागेर अर्काे पन्ध्र मिनेटसम्म भित्र सुन्ने, ध्वनि आफैँ भित्र गुञ्जेको छ कि छैन । अति नै सजग हुने । सूक्ष्म आवाजलाई समाउने प्रयास गर्ने । पन्ध्र मिनेटसम्म स्थिर भएर आफूभित्र चलिरहेको रामलाई सुन्ने प्रयास गर्ने । पन्ध्र मिनेटपश्चात् बिस्तारै तीनपटक लामो र गहिरो श्वास लिने र बिस्तारै आँखा खोल्ने र आफू सहज अवस्थामा आउने । यो ध्यानको विधि हामीले प्रयोग ग¥यौं भने हामी सबै प्रकारका समस्याबाट मुक्त हुन्छौं । अब मजासँग निद्रा लाग्छ । अब सबै हाम्रा समस्याहरु यो राम नामको हरिले हरण गर्छ । यसकारण यसको नाम हरि रहन गएको हो । जसले हाम्रा मनका सबै विकारहरु, मनका दुःखहरु हरण गर्छ र हामी स्वस्थ र आनन्दको महसुस गर्छाैं । कति सजिलो, राम नामको याद ग¥यौं, यत्रा ठूला जीवनका समस्याहरु आफैँ गए । 

मनको रोग लाग्छ, शरीरको रोग लाग्छ, डाक्टरकोमा जान्छौं । लाखौं–लाख रुपैयाँ खर्च गर्न तयार हुन्छौं । स्वास्थ्य बिगारेर पैसा कमाउने अनि फेरि स्वास्थ्य प्राप्तिको लागि भएभरको पैसा सक्ने ? हैन, कुनै पैसा खर्च गर्नु पर्दैन । वश्, राम नाम जप्न जाने पुग्यो, यति मात्रै जप्न जान्यौं भने हामी सबै प्रकारका शारीरिक र मानसिक रोगबाट मुक्त हुन्छौं । वश्, भित्रको रामलाई एकपटक मात्रै सुनौं । भित्र निरन्तर चलिरहेको भजपा मन्त्र जप्नै नपर्ने राम जुन निरन्तर हामीभित्र जपिरहिएको छ । त्यसलाई हामीले सुन्यौं मात्रै भने पनि हाम्रा सबै दुःखहरु समाप्त हुन्छन् । कुनै पनि प्रकारको रोग हामीसँग अब बच्दैन । सबै रोगबाट हामी मुक्त हुन्छाँै । अलिकति मात्रै कुरा जन्न सकियो भने अनिद्रा, तनाव, डिप्रेसन यी सबै प्रकारका समस्याबाट हामी मुक्त हुन सक्छौं । वश्, रामको निरन्तर जप, बिहान ४ देखि ६ बजेको बीचमा र बेलुका ५ देखि ७ बजेको बीचमा हामीले यो विधि प्रयोग गर्न सक्छौं ।

  बेलुका सुत्ने बेलामा श्वासमा आउने– भित्र श्वास जाँदा हे, बाहिर श्वास जाँदा– ‘राम’ । पुनः जप्ने– भित्र श्वास जाँदा हे, बाहिर श्वास जाँदा– राम ।

बस् यति भए सकियो । यो जतिबेला पनि जपे हुन्छ, ध्यान गर्ने बेलामा मात्रै जप्नुपर्छ भन्ने जरुरी छैन । यो त ध्यान गर्ने बेलामा यसलाई बानी लगाएको, अभ्यास गरेको मात्रै हो । बाँकी चौबीसै घण्टा ‘हे राम’ जप्नुपर्छ । फुर्सद भयो कि मनलाई ‘राम’मा लगाउने, काम छ भने मनलाई काममा लगाउने, मस्तसँग कामको विचार गर्नुस्, चिन्तन गर्नुस्, मनन गर्नुस् । काम छैन, अब मलाई मन शान्त गर्नुप¥यो भने मनलाई पहिला श्वासमा लिएर आउने, फेरि श्वासलाई छोडेर राम–राम भन्नुभयो भने केही पनि फाइदा हुँदैन । जीवनभरि राम–राम भन्नुस्, केही फाइदा हुँदैन । आज दुनियाँले त्यही गरेको छ । राम–राम माला जपेर हिँडेको छ, जस्ताको तस्तै । जीवनभरि रामको माला जप्यो, तर फाइदा केही पनि भएन । किनभने राम जप्न जानेन ।

भित्र श्वास जान्छ ‘हे’, बाहिर श्वास जान्छ ‘राम’ । यो जतिखेर समय मिल्यो त्यतिखेर जपिहाल्नुपर्छ । फुर्सद भयो कि मनलाई खाली नराख्ने, अब मन नियन्त्रणमा आउँछ । अब मनलाई जहाँ चाह्यो तपाईंले त्यहीँ लगाउन सक्नुहुन्छ । काम छउन्जेल मनलाई काममा लगाउने, काम सकियो तब मनलाई राममा लगाउने । हामी सबैलाई पनि यो हरिको याद गर्ने अवसर मिलोस्, राम नाम जप्ने अवसर मिलोस् ।

(यो सामग्री जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट साभार गरिएको हो)

प्रतिक्रिया