भविष्यवाणी: न्युक्लियर, आईटी र एआई जस्ता प्रविधिहरू केही समयका लागि लुप्त हुन सक्छन्

- ज्योतिषाचार्य उदय निरौला

विसं २०८२ फाल्गुन ५ को सूर्य ग्रहण र फाल्गुन १९ को चन्द्र ग्रहण (१४ दिनभित्र हुने दुई ग्रहण) ले विश्वभर विनाशको सङ्केत गर्दछ। यस अवधिमा युद्ध अवश्यम्भावी छ, जसले विशेषगरी इस्लाम र क्रिस्चियन बाहुल्यता रहेका क्षेत्रमा ठूलो प्रभाव पार्ने देखिन्छ।

प्राकृतिक जोखिम: असामयिक वर्षा, सूर्यको अत्यधिक ऊर्जा र जलवायु परिवर्तनले अमेरिका, भारतलगायत समुद्र तटीय र खाडी मुलुकहरूमा ठूलो क्षति पुर्‍याउनेछ।

यातायात र सुरक्षा: विसं २०८३ (जुन-जुलाई २०२६) को जेठ १५ देखि साउन १५ सम्म हवाई दुर्घटनाको उच्च जोखिम छ। २०८३ चैतदेखि जेठसम्म विश्वव्यापी आगलागीका घटनाहरू बढ्नेछन्।

 आर्थिक र राजनीतिक रूपान्तरण

सन् २०२६ देखि २०३२ को बीचमा हालको 'लोकतन्त्र' र डलरको प्रभुत्व समाप्त हुनेछ। भ्रष्टाचारमा लिप्त र पाखण्डीहरूको विनाश निश्चित छ।

प्रविधिको अवस्था: न्युक्लियर, आईटी र एआई जस्ता प्रविधिहरू केही समयका लागि लुप्त हुन सक्छन्।

खगोलीय विचित्रता: कुनै एक क्षण पृथ्वीको गुरुत्वाकर्षणमा गडबडी भई ग्रहहरूको गतिमा समेत प्रभाव पर्न सक्छ, जसले गर्दा केही मिनेट अक्सिजनको अभाव महसुस हुने देखिन्छ।

नेपाल र राजसंस्थाको पुनरागमन

बृहस्पति (गुरु) को असामान्य ग्रहगत चालका कारण विसं २०३३ सम्म धर्म स्थापनाको कालखण्ड रहनेछ। यो ठ्याक्कै ५१०० वर्षअघिको महाभारत युद्धकालीन ग्रहदशासँग मिल्दोजुल्दो छ।

राजगद्दी आरोहण: विसं २०८३ मा ग्रहहरूको राजा सूर्य र मन्त्री मंगल हुने संयोगले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव पुनः राजगद्दीमा आसिन हुने योग छ। उहाँमा रहेको अद्भुत मानसिक क्षमता र भविष्यद्रष्टा गुणले नेपाललाई सुरक्षित र समृद्ध बनाउनेछ।

क्षेत्रगत प्रभाव: पोखरा, धरान र पूर्वी पहाडमा केही क्षति भए तापनि विश्व मानचित्रमा नेपाल सुरक्षित र शक्तिशाली राष्ट्रका रूपमा उदय हुनेछ।

भौगोलिक परिवर्तन र नयाँ युगको सुरुवात

विसं २०३४ सम्ममा विश्वको भूगोलमा ठूलो हेरफेर आउनेछ: इरान, टर्की, लेबनान र भारतका केही भूभाग समुद्रमा विलीन हुने वा सर्नेछन्। अमेरिका र चीनका धेरै राज्यहरू डुबानमा पर्नेछन्।

हिमालय क्षेत्र र उत्तराखण्डमा ठूलो भौगोलिक हलचल हुनेछ।

निष्कर्ष

अहिले यी कुराहरू पत्याउन कठिन भए पनि २०८३ को माघदेखि घटनाक्रमहरूले यसलाई पुष्टि गर्दै लैजानेछन्। विसं २०३४ बाट पूर्ण रूपान्तरित नयाँ विश्वको उदय हुनेछ। यो दैवी खेल मानिसको हातमा छैन, त्यसैले बाँकी समय सत्कर्म, ईश्वर चिन्तन र आध्यात्मिक चेतनामा रहेर बिताउनु नै श्रेयस्कर हुनेछ।

बाँचिएछ भने विसं २०२७ पछि फेरि यी विषयमा समीक्षा गरौँला। मेरो यो भविष्यवाणी समयक्रममा सत्य साबित हुनेछ। (यो कसैलाई काल्पनिक लाग्न सक्छ, तर यहाँ डर देखाउन नभई ज्योतिषशास्त्रको आधारमा सचेत रहन मात्र विश्लेषण गरिएको हो।)

प्रतिक्रिया