यी मदर होइनन् इसाई एजेन्ट हुन्

फ्रान्समा जन्मेकी यी महिला भारतमा आएर समाजसेवाको आवरणमा भारतीयहरूको धर्मपरिवर्तन गराउने काममा कुख्यात हुन्, भारतमा महात्मा गान्धीलाई विना कारण 'राष्ट्रपिता' को पगरी गुथाएझैं यी महिलालाई 'मदर' को पगरी गुथाइएको छ।

यिनले धर्मपरिवर्तन गराएका भारतीयहरूको तुलनामा यिनको समाजसेवा नगण्य छ, लाखौँ भारतीयहरूको धर्मपरिवर्तन गराएर सभ्यता नष्ट गर्न सघाएकी छन्, समाजसेवाको आवरणमा धर्मपरिवर्तन गराएर सभ्यताहरू नष्ट गर्नु, संस्कृतिहरूको विनाश गर्नु इसाई मिसनरीजको मुख्य कर्तव्य नै हुन्छ।

यी टेरेसा (मैले मदर भनेर लेखिन किनभने यी नेपाली समाज होस् वा वैदिक, बौद्ध, जैन वा अन्य कुनै पनि नेपालको रैथाने समाजकी आमा होइनन्, न यिनले नेपालीका लागि कुनै उपकारको काम नै गरेकी छन्) धर्मपरिवर्तन गर्नेहरूका लागि माता हुन सक्छिन् तर अन्यका लागि केवल 'मिसनरीज की एजेन्ट' हुन्।

सबैभन्दा अचम्म र दिग्दारी लाग्छ जव नेपालका विद्यालयहरूका पाठ्यपुस्तकमा यी मिसनरी एजेन्टको फोटो सहित समाजसेवी कार्यहरूको वखान गर्दै 'मदर टेरेसा'को जीवनी लेखिएको भेटिन्छ विद्यालयका कलिला बालबालिकाहरूलाई एउटा धर्मपरिवर्तन गराउने एजेन्टलाई 'माता' भनेर बुझ्न बाध्य परिन्छ! पाठ्यपुस्तकमा टेरेसा थप्ने, स्वीकृति दिने र छापेर विद्यालयमा पुर्याउनेहरूले 'टेरेसा'को नेपालका लागि यो... योगदान छू भन्ने देखाउन चुनौती दिन्छु!
 
पाठ्यपुस्तकमा लेखिनु पर्ने 'टेरेसा' इसाई मिसनरिजकी एजेन्ट थिइन् र भारत लगाएतका देशमा समाजसेवीको आवरणमा धर्मपरिवर्तन गराएर इसाई बनाउने कारखाना चलाउने व्यक्ति हुन्' हो।

म इसाई धर्मको आलोचक होइन तर यदि कुनै एजेन्टलाई समाजसेवी र नेपालीमाताको रूपमा पाठ्यपुस्तक समावेश गरिन्छ भने त्यसको विरोध र भर्त्सना गर्नुपर्छ, नेपाल सरकारको शिक्षा हेर्ने निकायले यस विषयतिर सिघ्र ध्यान देओस् र एजेन्टलाई समाजसेवीको नैतिक प्रतिमानका रूपमा स्वीकृति दिने पाठ्यपुस्तक विकास केन्द्रका अधिकारीहरूलाई सचेत गरियोस्।

क्रिश्चियन धर्मको इतिहास, धार्मिक विश्वास र परिचय पाठ्यपुस्तक हुनु उचित हो तर धर्म परिवर्तन गराउने एजेन्टलाई 'माता टेरेसा'का रूपमा समावेश गरिनु अनुचित ह, पाठ्यपुस्तकले विश्वका धर्म, संस्कृति, परम्परा र इतिहास समेट्नु पर्छ। इसाई विश्वको ठूलो धर्म मात्र होइन सभ्यताहरू नष्ट गर्ने 'बुली' समुदय पनि हो भन्ने विर्सन हुँदैन।

नैतिक शिक्षा भनेर लेखिएका केही अंग्रेजीका पुस्तकहरूमा ूमदर टेरेसाूको जीवनी पढ्नु परेपछि र तिनको धर्मपरिवर्तन गराउने कुकृत्यलाई समाजसेवा भनेर लेखिएको पढेपछि यी हरफ लेखेको हुँ, यदि तपाईंका बालबालिकाको पाठ्यपुस्तकमा यी एजेन्टको कथा लेखिएको छ भने तुरुत्न विद्यालय प्रशासनलाई चुनौती दिने काम गरौँ र स्थानीय सरकारलाई यस्तो पाठ्यपुस्तक हटाउन बाध्य पारौं। -श्री गोबिन्दको फेसबूकबाट

प्रतिक्रिया