चन्द्रग्रहणमा कुन राशिलाई कस्तो असर पर्ला

मेष राशिलाई चिन्ता र व्यर्थको दौडधूप, वृष राशिलाई कार्यसिद्धि र धनलाभ, मिथुन राशिलाई प्रगति र लाभ, कर्कट राशिलाई धनहानि, सिंह राशिलाई घात, कन्या राशिलाई खर्च र समस्या, तुला राशिलाई धन र सुख, वृश्चिक राशिलाई संघर्ष, चिन्ता र भय, धनु राशिलाई मान–सम्मानमा कमी, मकर राशिलाई अत्यन्त पीडा, कुम्भ राशिलाई स्त्रीसम्बन्धी कष्ट तथा मीन राशिका व्यक्तिहरूका काममा ढिलाइ हुनेछ।
 
ग्रहणका अशुभ प्रभावको शमन दानबाट लाभदायक

ग्रहणका अशुभ प्रभाव हटाउन गायत्री मन्त्रको जप र दानको विशेष महत्व शास्त्रहरूमा वर्णन गरिएको छ। ग्रहणकालमा वा ग्रहणपछि गरिएको दान विशेष फलदायी मानिन्छ। राशिअनुसार ग्रहसम्बन्धी दान र मानसिक जप गर्नु उपयुक्त हुन्छ। यदि त्यो सम्भव नहुने हो भने रामनामको जप गर्नु अत्यन्त लाभदायक मानिन्छ।
 
राशिअनुसार दान र मन्त्र जप

मेष राशि

रातो मसुरको दाल, गुड, तामा, रातो वस्त्र दान गर्नुहोस् र मङ्गल ग्रहका मन्त्र जप गर्नुहोस्।

वृष राशि

कपुर, सेतो चम्किलो वस्त्र, चामल आदि दान गर्नुहोस् र शुक्र ग्रहका मन्त्र जप गर्नुहोस्।

मिथुन राशि

हरियो मुंगको दाल, हरियो तरकारी दान गर्नुहोस् र गणपति तथा बुध ग्रहका मन्त्र जप गर्नुहोस्।

कर्क राशि

दही, दूध, सेतो वस्त्र, चिनी, चाँदी दान गर्नुहोस् र महामृत्युंजय मन्त्र तथा चन्द्रमाका मन्त्र जप गर्नुहोस्।

सिंह राशि

गहुँ, सुन, रातो वस्त्र, स्याउ आदि दान गर्नुहोस् र आदित्य हृदय स्तोत्र तथा सूर्यका मन्त्र जप गर्नुहोस्।

कन्या राशि

काँसको भाँडो, सानो हरियो इलायची दान गर्नुहोस् र गणपति वा बुध ग्रहका मन्त्र जप गर्नुहोस्।

तुला राशि

सुगन्धित अगरबत्ती, कपुर, इत्र आदि दान गर्नुहोस् र लक्ष्मी तथा शुक्र ग्रहका मन्त्र जप गर्नुहोस्।

वृश्चिक राशि

रातो वस्त्र, रातो चन्दन आदि दान गर्नुहोस् र मङ्गल स्तोत्र वा सुन्दरकाण्ड पाठ गर्नुहोस्।

धनु राशि

बेसार, चनाको दाल, केसर आदि दान गर्नुहोस् र गुरु मन्त्र जप गर्नुहोस्।

मकर राशि

कालो उरदको दाल, कालो तिल आदि दान गर्नुहोस् र शनि तथा भैरव मन्त्र जप गर्नुहोस्।

कुम्भ राशि

कालो वस्त्र, कालो चना, तोरीको तेल दान गर्नुहोस् र शनि चालीसा तथा शिवाष्टक पाठ गर्नुहोस्।

मीन राशि

केरा, अरहरको दाल, पहेँलो वस्त्र आदि दान गर्नुहोस् वा गुरुगीता तथा गुरु मन्त्र जप गर्नुहोस्।

प्रतिक्रिया