आफ्ना सेनालाई सम्बोधन गर्दै वाइडेनले भने– विश्वकै उत्कृष्ट सुरक्षा बल

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले पूर्वी युरोपमा तैनाथ भएका अमेरिकी सैनिक विश्वकै स्वतन्त्रता जोखिममा रहेको बताएका छन्।

युक्रेनसँगको सीमा नजिक रहेको पोल्याण्डको जेसुफस्थित सैन्य अड्डामा रहेका सैनिकहरुसँग भेट गर्दै उनले निरंकुशताविरुद्ध लोकतन्त्रको लागि संघर्षको एक भागको रूपमा पूर्वी युरोपमा अमेरिकी सैन्य तैनाथीको प्रशंसा गरेका हुन्।

शुक्रबार सेनालाई सम्बोधन गर्दै राष्ट्रपति वाइडेनले भनेका छन्, ‘तपाईंहरु विश्वकै उत्कृष्ट सुरक्षा बल हो। तपाईंहरुले जे गरिरहनु भएको छ त्यो प्रभावकारी र परिणाममुखी छ।’

गएको फेब्रुअरी यता अमेरिकाले युरोपमा आफ्ना करिब १२ हजार सैनिक पठाएको छ। त्यसमध्ये अधिकांश पोल्याण्डमा छन्। उनीहरु रुसी जोखिमको सामना गर्ने तयारी अवस्थामा छन्।

उनले सैनिकहरुसँगको भेटमा उनीहरु युरोपमा नेटो साझेदार राष्ट्रको सुरक्षाका लागि तैनाथ भएको बताएका थिए।

युरोप भ्रमणको क्रममा उनले नेटो, युरोपियन युनियन तथा जी सेभेनका नेतासँग ब्रसेल्समा भेट गरेका छन्। उनले शनिबार पोल्याण्डका राष्ट्रपतिसँग द्विपक्षीय वार्ता गर्दै छन्।

प्रतिक्रिया