अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सको पुनरागमन जित

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले अफ्रिकी प्रतिद्धन्द्धी आइभोरी कोस्टमाथि पुनरागमन जित निकालेको छ। 

फ्रान्सले घरेलु मैदान मार्सेमा शुक्रबार राति भएको खेलमा आइभोरी कोस्टलाई २–१ ले पराजित गरेको हो।

घरेलु टोलीको जितमा ओलिभर जिरुड र एरोलिइन चुओमेनीले गोल गरे। यता, आइभोरी कोस्टका निकोलस पेपेको गोल सान्त्वना बन्यो।

खेलको १९औं मिनेटमा निकोलस पेपेको गोलबाट फ्रान्सले सुरुAती अग्रता लिएको थियो। उनले इब्राहिम सानगारेको पासमा गोल गरे।

तर, २२औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एरोलिइन चुओमेनीले गोल गर्दै फ्रान्सलाई पुनरागमन जित दिलाए।

 

प्रतिक्रिया