नेपाली टोलीले घरेलु मैदानमा दुई वर्षपछि ओडिआई खेल खेल्दै

काठमाडौं- नेपालले शुक्रबार घरेलु मैदान टियुमा पपुवा न्यू गिनीसँग दुई ओडिआई सिरिज अन्तर्गत पहिलो पटकपहिलो खेल खेल्दैछ। खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ। 

पपुवा न्यू गिनीसँग पहिलोपटक घरेलु मैदानमा हुन लागेको खेलमा नेपाल लगातार छैटौं जित हात पार्ने सोचमा छ। सन् २०१८ मा नेपालले एकदिवसिय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो। त्यसयता नेपालले पपुवा न्यू गिनीसँग हार बेहोरेको छैन।

ओडिआईमा नेपाल र पपुवा न्यू गिनीबीच हालसम्म चार खेल भएका छन्। चारै खेलमा नेपाल विजयी भएको छ। यसै साता नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्यू गिनीलाई २ विकेट र ७ विकेटले हराएको थियो।

गत असोजमा दुवै ओडिआई खेलमा नेपाल २ विकेट र १ सय ५१ रनले हराएको थियो।  नेपाल राष्ट्रिय टोलीले घरेलु मैदानमा दुई वर्षपछि ओडिआई खेल खेल्न लागेको हो। 

यसअघि नेपालले सन् २०२० मा आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग खेलेको थियो। अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो।

यस्तो छ नेपाली टोलीको सम्भावना
नेपालले पछिल्लो खेलबाट तीन वा चार खेलाडी परिवर्तन गर्ने सम्भावना छ। नेपाल क्रिकेट संघ (क्यान)ले ओडिआईको लागि घोषणा गरेको टोलीमा ओपनर आसिफ शेख  समेटिएका छैनन्। त्यसैले युवा ब्याटर देव खनालले नेपालको लागि डेब्यू गर्ने सम्भावना छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक पबुदु दासानायकेसँग आसिफको स्थानमा अर्का ओपनरको रुपमा अनिल शाहलाई मैदान उतार्ने विकल्प पनि रहेको छ। 

यद्यपि, विकेटकिपर विनोद भण्डारी टोलीमा नहुँदा अनिल तल्लोक्रममा खेल्ने सम्भावना पनि रहेको छ। अनिल सन् २०१८ पछि टोलीमा फर्किएका हुन्। 

नेपालले आजको खेलमा स्थानमा विक्रम सोबलाई खेलाउने सम्भावना छ। फास्ट बलर करण केसी नहुँदा उनको स्थान खालि रहेको छ। यता, भीम सार्कीले निरन्तरता पाउने सम्भावना छ। युएई भ्रमणको क्रममा पपुवा न्यू गिनीसँगको अन्तिम खेलमा डेब्यू गरेपनि उनी मैदान उत्रिन पाएका थिएनन्।

नेपालका शीर्षक्रमका ब्याटर कुशल भुर्तेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई पनि प्रशिक्षक दासानायकेले निरन्तरता दिने छन्। 
 

प्रतिक्रिया