बंगालमा दंगा, नेताको हत्यापछि १० जना जलाइए

कोलकाता। बंगालको रामपुरहाटस्थित बीरभुममा तृणमूल नेताको हत्यापछि भड्किएको हिंसामा थप १० जनाको ज्यान गरेको छ। भारतीय समाचार एजेन्सीले जनाए अनुसार बागुती गाउँका उपप्रधान भादू सेखको हत्यापछि हिंसा भड्किएको हो।

हत्याको विरोधमा निस्किएको भिडले आगजनी गर्दा १० जना जलेर मरेका छन्। एउटै घरबाट ७ वटा शव बरामद भएको प्रहरीले बताएको छ।

तृणमूल कांग्रेसका नेता भादू सेख पसल गएको बेला उनीमाथि बमले आक्रमण गरिएको थियो। यस मुद्धामा एक जना पक्राउ पनि गरेका थिए।

प्रतिक्रिया