केरलाको फुटबल मैदानमा घटना, २ सय दर्शक घाइते (भिडियोसहित)

केरला, एजेन्सी  भारतको केरला राज्यको मल्प्पुरम जिल्लाको वन्दुरमा फुटबल रंगशालामा ठूलो घटना भएको छ। रंगशालाको ग्यालरी तल झर्दा करिब २ सय दर्शक घाइते भएका छन्, जसमा ५ जनाको अवस्था गम्भीर भएको भारतीय अखबारहरूले जनाएका छन्। 

घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ। घटना हुँदा रंगशालाको ग्यालरीमा २ हजार व्यक्ति उपस्थित रहेको बताइएको छ। शनिबार राती ९ बजे घटना भएको थियो। यतिबेला स्थानीय दुई फुटबल टिमबीच फाइनल खेल भइरहेको थियो। 

स्थानीयले रंगशालाको ग्यालरीमा क्षमताभन्दा बढी मानिस राखेको आरोप आयोजकलाई लगाएका छन्। सोसल मिडियामा घटनाको फुटेज भाइरल भएको छ। 

केरलाको डिजिटल न्युज पोर्टल मातृभूमिले फुटबल खेल कलिकाबुको पुंगोडस्थित एलपी स्कुल मैदानमा भएको बताएको छ। अल इन्डिया सेभेन्स फुटबल प्रतियोगिताअन्तर्गत फाइनल भइरहेको थियो। मलप्पुराम जिल्लामा यो प्रतियोगिता प्रतिष्ठित मानिन्छ। 

भाइरल भिडियो

 

प्रतिक्रिया